
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा तीनदिने राष्ट्रिय बाँस सम्मेलन गर्ने तयारी थालेको छ ।
बाँसको क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्दै आएका विज्ञहरुसँगको बृहत छलफलपछि आगामी कार्तिक २,३ र ४ गते दिक्तेलमा बाँस सम्मेलन गर्ने तयारी थालेको हो ।
जसका लागि बाँसको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष केपी भट्टराईको सक्रियतामा जेष्ठ २६ गते काठमाण्डौ मध्यबानेश्वरमा छलफल गरी बाँस सम्मेलन गर्ने निर्णयमा पुगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
उक्त छलफलमा वन, विज्ञान तथा प्रविधि पूर्वमन्त्री गणेश शाह, काठमाण्डौ विश्वविद्यालयका बाँस विज्ञ डा.विष्णुमाया केसी, काठमाण्डौ वन, विज्ञान क्याम्पसका उप–प्राध्यापक डा.हिमलाल श्रेष्ठ, बाँस व्यवसायी प्रणव श्रेष्ठ, बाँस अनुसन्धान विज्ञ सन्तोष दाहाल, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा.चिरञ्जिवी भट्टराई, नवकिरण उर्जाका अध्यक्ष गुणराज ढकाल, रामहरी गिरी लगायतको सहभागिता थियो।
बाँस सम्मेलन गरेर नगरपालिकाभित्र भएका बाँस तथा नेपालको विभिन्न ठाउँमा पाईने बाँसको व्यवसायिक विकास तथा स्थानीय रोजगारीमा नागरिकलाई कसरी जोड्न सकिन्छ भनेर बृहत छलफल गरिनेछ। सम्मेलनमा राष्ट्रिय स्तरका बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका विज्ञहरुको उपस्थिति रहनेछ ।
बाँस सम्मेलनको अभियानमा राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्था, व्यक्ति र सरोकारवालालाई अभियानमा जोडन तयारी समिति संयोजक पूर्वमन्त्री गणेश शाहले भूमिका खेल्नेहुनेछ ।
सम्मेलनमा हुने खर्च आँकलन, कार्यपत्र प्रस्तुत, अन्य व्यवस्थापन गर्न छिट्टै अर्को वैठक बसेर थप निर्णय गरेर अगाडी बढ्ने जनाईएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अत्याधिक मात्रामा मलिवास, धेरै मात्रामा ढुङग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङगो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियाली लगायतका ११ किसिमका बाँस पाईने गरेको छ।
बाँसलाई जीवन उपयोगी बनाउँदै पर्यावरण संरक्षण गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईको कार्यकक्षमा पूरै बाँसबाट निर्मित कुर्सी, टेबल, सोफा, टि टेबल र उपप्रमुख विसन राईको कार्यकक्षमा बाँसको कुर्सी करीव वर्षदिन अघिबाट प्रयोग भईरहेको छ।
क्याप्सनः बाँस सम्मेलन गर्ने छलफलपछि सामूहिक तस्विरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसहित राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष केपी भट्टराई लगायत।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच