अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिप शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । वसुन्धारास्थित ज्येष्ठ ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको च्याम्पियनसिपको प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गर्नुभयो ।

च्याम्पियनसिपमा यु-१५, यु-१३ र यु-११ छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा भइरहेको छ । यु-१३ ब्वाइजतर्फको खेलमा आइडिबीका अच्युत ढुंगेलले नाइटिंगे एकेडेमीका निश्चल थापालाई २१-१०, २१-८ ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश स्थान बनाउनुभएको छ ।
यस्तै नेपाल पुलिसका प्रनिश कार्कीले दीपक ब्याडमिन्टन एकेडेमीका आलोक लामालाई २१-११, २१-१५, एपेक्स लाइट स्कुलका सुहम कार्कीले कैलालीका रियांस चौधरीलाई २१-१९, २१-१८ ले, धादिङका आयुष मगरले कीर्तिपुरका सविन लामालाई २१-८, १५-२१, २१-१३ ले, सेनाका रिजन मगरले बूढानीलकण्ठका आनन्द पोखरेललाई २१-१०, २१-३ ले, कैलालीका शिषिर रानाले ग्यालेक्सीका सक्षम रेग्मीलाई २१-६, २१-१ ले पराजित गर्नुभयो ।

सेनाका दीप थिंगले मलेखुका गगन कँडेललाई २१-१, २१-१० ले, एपेक्स लाइट स्कुलका सत्यम कार्कीले नेपाल स्पोर्ट फेलोसिपका अलिष माझीलाई २१-४, २१-४ ले, तनहुका सफल भुजेलले सूर्यदर्शनका शिवम श्रेष्ठलाई २१-१५, २१-१२ ले र एपीएफका आरुष सिमखडाले कैलालीका आदित्य चौधरीलाई २२-२०, १९-२१, २२-२० ले पराजित गर्दै प्रिक्वार्टरमा स्थान बनाउनुभएको छ ।

च्याम्पियनसिपमा करिब १५० खेलाडीहरूको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए । च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरूले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु-१५ तर्फ शीर्ष तीनस्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, सात हजार र पाँच हजार प्राप्त गर्ने छन् । क्वार्टरफाइनलिष्टले दुई हजार ५ सय र प्रिक्वार्टरफाइनलिष्टले एक हजार ५ सय प्राप्त गर्ने छन् ।

यस्तै यु-१३ तर्फ प्रथमले सात हजार, द्वितीयले पाँच हजार, तृतीयले तीन हजार, क्वार्टरफाइनलिष्टले दुई हजार र प्रिक्वाटरफाईनलिष्टले एक हजार २ सय प्राप्त गर्नेछन् । यु-११ तर्फ प्रथमले चार हजार, द्वितीयले दुई हजार, तृतीयले दुई हजार, क्वार्टरफाईनलिष्टले एक हजार ५ सय र प्रिक्वार्टरफाइनलिष्टले एक हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?