राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठूलो संख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उहाँका प्रवक्ताले बताएका छन् । महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौं प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पार्नु भएको छ ।
मानवीय जीवनमा हानि एउटा त्रासदी भएको जनाउँदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय कानुनअन्तर्गत सबैले आ-आफ्नो दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रीफिंगमा उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसंघका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औंलाउँदै उहाँले विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्वाध पहुँच र बन्धकको रिहाइको लागि आहृवान गरिरहेको बताउनुभयो ।
इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा २७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै ६९८ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गर्दछ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिना सर्त रिहाइका लागि आहृवान गरिरहेको डुजारिकले जनाउनुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच