काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ ।
नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिने प्रयास गर्नेछ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा आलआउट भएको थियो । नामिबियाविरुद्ध नेपालको त्यो पहिलो हार थियो ।
दोस्रो खेलमा भने नेपालले बलियो मानेको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यसैले दोस्रो खेल जितेपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच