काठमाडौं । नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ नामक पुस्तक विमोचन भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच थ्री एस मिडियाद्वारा प्रकाशित ‘थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पथ टु मोडरनाइजेशन’ नामक पुस्तक विमोचन गरिएको हो । जनवादी गणतन्त्र चीनको चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपालका कला, संस्कृति, इतिहास र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरूले गरेको ११ दिन लामो चीन भ्रमण सम्पन्न गर्दा चीनबाट बटुलेको अनुभवलाई यो पुस्तकमा उतारिएको छ ।
आधुनिकीकरणको यात्रामा प्रवेश गर्दै गरेको चीनको सुदूरपश्चिम-दक्षिणको सिचाङ प्रान्तहुँदै सुदूरपूर्व-दक्षिणको तीव्र गतिको आधुनिकीकरणको प्रक्रिया सम्पन्न भएको चच्याङ प्रान्तको यात्रा र वर्तमान आधुनिकीकरणको अनुभव पुस्तकमा समेटिएको छ ।
विमोचन कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले चिनियाँ नागरिक आधुनिक विकास र अनुसन्धानमा उत्कृष्ट रूपमा लागेको अनुभव गरेको बताउनु भयो । उहाँले छिमेकी देशले विश्व मानव विकास र कल्याणका लागि गरेका कामहरू देखेर आफू भावुक बनेको सुनाउनुभयो । उहाँले विकासका लागि सरकारको चेत नै पहिलो शर्त रहेको अनुभव चीन भ्रमणबाट लिएको जिकिर गर्नुभयो ।
योहो टेलिभिजनका समाचार प्रमुख तथा कार्यक्रम सञ्चालक जीवराम भण्डारीले आफूले देखेको कुरा हेर्दा नयाँ अनुभव गर्न पाएको सुनाउनुभयो । उहाँले चिनियाँहरू नेपालीहरूको बारेमा धेरै नै सकारात्मक रहेको र नेपाली समाजलाई धेरै चासोका साथ लिने गरेको पाएको बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले आधुनीकीकरणको चिनियाँ मोडेलबारे नेपालले पनि धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले चीनको सय वर्षे इतिहास गौरवशाली रहेको बताउँदै शास्त्रीय समाजवादी आर्थिक मोडेलमात्रै अपनाएको भए यो समृद्धि चीनका लागि सम्भव नरहेको जिकिर गर्नुभयो ।
अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक मात्र नभई सामाजिक, आर्थिक र व्यावसायिक रहेको बताउनुभयो । उहाँले विकासको क्षेत्रमा चीनबाट नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको बताउनुभयो । उहाँले चीन सामाजिक, आर्थिक, प्राविधिक क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै हरेक क्षेत्रमा विकसित रहेको सुनाउनुभयो । चीनको विकास मोडेलबाट प्रभावित भएर नेपाल लगायतका विश्वका धेरे देशहरूले विकासको खाका कोरेको उहाँको भनाइ थियो । उहाँले नेपाललाई चीनले विकासका साथै प्राविधिक क्षेत्र, सांस्कृतिक क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै चीन मामिला विज्ञ हीरण्यलाल श्रेष्ठले चीनबाट नेपालले धेरै कुराहरूमा सहयोग प्राप्त गर्नसक्ने बताउनुभयो । उहाँले नेपालका लागि चीनको विकास धेरै नै आवश्यक रहेको बताउनुभयो । चीनसँग नेपालले सांस्कृतिक, सामाजिक, आर्थिक, प्राविधिक र आधुनिकीकरणमा धेरै सहयोग माग्न सक्ने बताउनुभयो । चीनको आधुनिकीकरण र विकासले विश्वकै अर्थतन्त्रलाई परिवर्तन गरिदिएको उहाँको भनाइ थियो । अग्रज कलाकार मदनदास श्रेष्ठले नेपाल-चीनबीच परापूर्वकालेदेखि आपसीसम्बन्ध रहेको, चीनले नेपालको शान्ति, विकास र समुन्नतिका लागि उल्लेखनीय योगदान गरेको बताउनुभयो ।
कलाकार श्रेष्ठले पुस्तकमा चीनको विभिन्न शहरमा भ्रमण गरी नेपालीहरूले लिएको अनुभवलाई उतारिएको सुनाउनुभयो । १८ जना कलाकार, पत्रकार, राजनीतिज्ञसहितले भ्रमणका क्रममा चीनको विकासलाई नजिकबाट नियाल्ने अनुभवका साथै चीनको समाजलाई बुझ्न् अवसर पाएको बताउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच