![कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Bidhut-Prasaran-line-electric-Himalaya-Times.jpg)
काठमाडौं । ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ आयोजना गरेको छ । सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालालाई भेला गर्नु रहेको थियो । ३ जुनदेखि एक हप्तासम्म सञ्चालन भएको सम्मेलनका सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिमार्फत् सक्रियरूपमा सहभागिता जनाएका थिए । कार्यक्रमले युवालाई रचनात्मकता, सक्रियता र रोकथामका उपायमार्फत् जलवायु संकटसँग जुध्न आफ्ना विचार आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो ।
संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एकदिने विचार गोष्ठीमा विद्यार्थी तथा विज्ञका लागि डिजाइन गरिएको विशेष सत्र समावेश थिए । नवप्रवर्तनकारी हरित परियोजना प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट बौद्धमा सञ्चालन भएको थियो । कार्यक्रमले बुद्धिजीवी, कलाकार, अभियन्ता, समुदायका सदस्य, शिक्षाविद्, शिक्षक र युवालाई दिगो भविष्यमा योगदान पुर्याउन सिर्जनशीलता, उद्यमशीलता र वातावरणीय दिगोपनको खोजी गर्न सबैलाई एकताबद्ध गरेको आयोजकले जनाएको छ ।
नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउन सबैभन्दा उपयुक्त दुर्ई शब्द भएको बताउनुभएको थियो । जलवायु परिवर्तन दुवै देशका युवाले सामना गर्ने साझा चुनौती भएकाले दुवै देशका युवालाई एकसाथ ल्याउने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो । ब्रिटिस काउन्सिलका दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले गोष्ठी उद्घाटन गर्दै भन्नुभयो, ‘आज हामी रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एकसाथ आउँदैछौँ, दिगो विकासका लागि सिर्जनशीलता र नवप्रवर्तन शक्तिशाली उत्प्रेरक हुन् भन्ने कुरा नबिर्सौं ।’
युके साझेदार, एडिनबर्ग नेपियर विश्वविद्यालयका इंगे पन्निल्सले भन्नुभयो, ‘रचनात्मक हरित अर्थतन्त्रले परिवर्तनका लागि वास्तविक शक्तिका रूपमा काम गर्न सक्छ तर यो हाम्रो कर्तव्य हो, हाम्रो साझा कर्तव्य हो, केवल युवाहरू, डिजाइनरहरू वा नीति निर्मातामा मात्र भर पर्नुहुँदैन । यो उद्देश्य पूरा गर्नु नागरिकका रूपमा हाम्रो साझा दायित्व हो, विश्वव्यापीरूपमा, स्थानीयरूपमा र एकताबद्ध रूपमा ।’
स्टोरी साइकलका स्थानीय साझेदार सौरभ ढकालले भन्नुभयो, ‘रचनात्मक हरित अर्थतन्त्रतर्फ काम गरिरहेका हामीमध्येका लागि यो विचार गोष्ठी एउटा सफलता हो । हरित अर्थतन्त्रको अवधारणा केही समयदेखि चर्चाको विषय बनेको छ तर रचनात्मक हरित अर्थतन्त्र, हामीले परीक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको अवधारणा, सार्वजनिक नीति क्षेत्रमा भएकालगायत प्रमुख सरोकारवालाले गोष्ठीमा अँगालेको जस्तो देखिन्थ्यो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच