![जसपा नेपालको माग : संविधान पुनर्लेखन र ११ वटा प्रदेश](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Janata-Samajwadi-Party-Nepal-demands-rewriting-of-the-constitution-Hita-fornt-page.jpg)
काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि रद्द भएकाे छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको खेलमा पानी परेपछि रद्द भएकाे आइसीसीले जनाएको छ ।
लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण थियाे ।
यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर थियाे ।
नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच