काठमाडाैं । गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । लामखुट्टेको टोकाइबाट बच्ने केही उपायहरुबारे यहाँ चर्चा गरेका छौं ।
- झुल टाँगेर सुत्ने
- घरको झ्याल ढोका लामखुट्टे् नछिर्ने हाल्ने ।
- सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने ।
- लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने ।
- लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सवाधानी अपनाउने ।
- घर वरिपरि, कार्यालय,विद्यालयमा टायर, खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने ।
- पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।
- गमलाको प्लेट, फुलदानी,कुलर आदिको पानी कम्पतीमा हप्ताको एक पटक फेर्ने ।
लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । साथै प्रदूषित स्थानमा यो चाडै फैलन्छ । त्यसैले लामखुट्टेबाट बच्न घर आसपासको सरसफाई सबैभन्दा महत्वपुर्ण हुन्छ ।गर्मी मौसममा कोठामा हावा आउजाउ गर्न झ्याल ढोका खोलिन्छ । तर यसरी झ्याल ढोका खुल्ला छाड्दा लामखुट्टे कोठामा पस्ने गर्दछ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु पर्दछ ।
लामखुट्टे भगाउनका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच