कलाकार जयनन्द लामाको सालिक स्थापना

Read Time = 2 mins

बाह्रबिसे । अभिनेता तथा गायक जयनन्द लामाको सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले १२ फिट अग्लो सालिकलाई आठ लाख रुपैयाँ खर्चमा निर्माण गरेको हो । कलाकार भैरवबहादुर थापा र बागमती प्रदेशकी सदस्य मसिना खड्काले सालिक अनावरण गर्नुभएको हो ।

गतवर्ष फागुन ११ गते उहाँ भक्तपुरको मध्यपुरथिमी-१ स्थित निवासको गेटअघि मृत भेटिनुभएको थियो । नृत्यकारबाट कलाकारिता सुरु गर्नुएका लामाले ३० को दशकमा ‘मनको बाँध’बाट चलचित्रमा अभिनय यात्रा थाल्नुभएको थियो । पहिलो क्यासेट एल्बम निकाल्ने गायकसमेत जयनन्द नै हुनुहुन्थ्यो । उहाँले दुई सय बढी गीत गाउनुभएको छ ।

पहिलो तामाङ भाषाको चलचित्र ‘छोमरी छोरङान’को लेखन तथा निर्देशनसमेत जयनन्दले गर्नुभएको थियो । उहाँका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत अहिले पनि चर्चित छन् । लामा अभिनित अन्तिम चलचित्र ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?