आँखा शिविरमा उनासी जनाको शल्यक्रिया, ४५० को आँखा जाँच

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

-सरोज कोइराला

भोजपुर । भोजपुरमा संचालन भएको आँखा शिविरमा उनासी जनाको मोतीबिन्दुको अप्रेशन भएको छ । जिल्लामा आँखाका बिरामीहरुको संख्या बढी नै देखिने गरेकाले नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

भोजपुर नगरपालिका वडा नम्वर १२, पुरानोडवलीमा भएको शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया र चार सय ५० जनाले आँखा जाँचको सेवा पाएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्रका प्रमुख बिजय तामाङले जानकारी दिनु भयो । केन्द्रले जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा समेत दुई दिने शिविर संचालन गरेको थियो ।

बिराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर सुनिता कोइराला सहितको टोलीले शिविरमा सेवा दिएको हो । जिल्लामा आँखाका रोगीहरुको संख्या बढी नै देखिने गरेकाले नेपाल नेत्रज्योति संघ भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रहरुमा समेत नियमित आँखा परिक्षण शिविरहरु गर्दे आई रहेको संघका जिल्ला सभापति तेज मोक्तानले बताउनुभयो । “बिगतमा सामान्य आँखा परीक्षणका लागि समेत हजारौ खर्च गरेर अन्यत्र जानु पर्ने अवस्था, आफनै ठाउँमा शिविर संचालन हुन थाले पछि हटेको छ ।” सभापति मोक्तानको भनाइ छ ।

नेपाल नेत्रज्योति संघले आँखाका बिरामीहरुका लागि भोजपुरमा भने राम्रो भुमिका निर्वाह गर्दे आईरहेको बताउँदै संघका सदस्य धर्मराज राईले जिल्ला भित्र रहेका सवै पालिकाहरुमा आलोपालो मिलाएर शिविरहरु संचालन गर्ने लक्ष्य रहेको बताउनु भयो ।

भोजपुरमा दुई नगरपालिका र ७ वटा गाउँपालिका छन् । जिल्लामा नै शल्यक्रियाका साथै आँखा परीक्षण गराउन पाएकोमा सेवाग्राही समेत खुसी छन् । शल्यक्रिया सहितको शिविर निरन्तर हुनु पर्नेमा जिल्लावासीको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?