सरसफाइ र हरियाली प्रवर्द्धन गर्नेलाई सम्मान

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सरसफाइ र हरीयाली प्रवर्द्धन गर्ने ब्यक्ति र संघ संस्थालाई सम्मान गरिएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा आयोजित राष्ट्रिय सरसफाइ सप्ताह २०८१ को अवसरमा सरसफाइकर्मीलाई सम्मान गरिएकाे हो ।

बर्दघाट बजार बिकास समितिका सरसफाइकर्मी नाथ बा सफोर, दुखन चमार, तुल बहादुर थापा, गोपाल थारू, त्यस्तै टिसियन चोकको सार्वजनिक शौचालय सरसफाइकर्मी हर्क बहादुर कामीलगायतलाई खादा, नगद र सरसफाइका सामाग्रीसहित प्रशंसा पत्रसहित लुम्बिनी प्रदेशका कृषि, बन तथा वातावरण समितिका सभापति बिश्वप्रेम पाठक र नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सम्मान गर्नु भएको बर्दघाट खानेपानीका उपाध्यक्ष कमल थापाले जानकारी दिनु भयो ।

राष्ट्रिय सरसफाइ सप्ताहका अवसरमा संस्थाले हरियाली प्रवर्द्धनमासमेत सरसफाइका साथै बृक्षरोपण गरेको बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्सालले बताउनु भयो । 'बिरुवा रोप्ने र रोपिएका बिरुवाहरुको सरक्षण गर्ने गरेका छौं । अहिले हामीले शसस्त्र प्रहरी बल सिमा सुरक्षा तालिम शिक्षालय, बर्दघाट बजार बिकास समिति, सिद्धार्थ बैंक, मुक्तिनाथ बिकास बैंक र गरिमा बिकास बैंकसङ्गको सहकार्यमा काम गरेका हौं । सरसफाइ र हरियाली प्रवर्द्धनमा सहयोग गर्ने यी संघ संस्थालाई पनि सम्मान गरेका छौं ।' लम्सालले भन्नुभयो ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बिगत बिश्व वातावरण दिवस र राष्ट्रिय सरसफाइलाई जोडेर साप्ताहव्यापी कार्यक्रम गरिएको सचिव शोभाकान्त कोइरालाले बताउनु भयो । “बिगतका बर्ष देखी नै सरसफाइ र हरियाली प्रवर्द्धनमा काम गरिरहेका छौ ।”

राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बृक्षरोपण, सरसफाइ, सम्मान र अन्तरक्रिया गर्दै मंगलवार कार्यक्रम सम्पन्न भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?