सुनको भाउ घट्यो

Read Time = 1 min

काठमाडौ । बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ९ हजार ४ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै, यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?