काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्खुवासभाको शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
खानेपानी तथा पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसहितविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उक्त कार्यका लागि निकासा भएको रकमबाट कुनै पनि कामको शुरूवात नै नगरी बिल भरपाई मिलाएर रकम अनियमितता गरेको उजुरी आयोगमा परेको थियो ।
आयोगले प्रधानाध्यापक भट्टराई र व्यवस्थापन समितिका अध्यक्ष अधिकारीविरुद्ध ४ लाख ६० हजार ४५५ बिगो कायम गरेको छ ।
यसैगरी विद्यालयका शिक्षक लालबाबु मण्डलविरुद्ध ३ लाख ४३ हजार र शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो कायम मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच