दोखला । बाँदर आतंकबाट आजित भएपछि दोलखाका किसानहरु प्रदर्शनीमा उत्रिएका छन् । बुधवार किसानहरुले सदरमुकाम चरिकोटमा विरोध -याली निकाल्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
मेलुङ गाउँपालिका वडा नम्बर सातका कृषकहरुले बाँदरले नष्ट पारेका मकैका बोटसहित सदरमुकाममा प्रदर्शन गर्दै बाँदर नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई ज्ञापनपत्र बुझाएको मेलुङ गाउँपालिका वडा नम्बर सातका वडाध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । बाँदर आतंकबाट आजित भएपछि किसानहरु प्रदर्शनीमा उत्रिएको उहाँको भनाई रहेको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर सातका बलराम श्रेष्ठले गत वर्ष बाँदर धपाउने क्रममा आफ्नी बुहारी लक्ष्मी श्रेष्ठ को भीरबाट लडेर मृत्यु भएको बताउनु भयो । सोही ठाउँका भवानी भण्डारी, कमला कार्की लगायत का दर्जनौं किसानलाई बाँदर धपाउने क्रममा बाँदरले टोकेर घाइते बनाएको उहाँको भनाई रहेको छ । किसानले लगाएकोबाली बाँदर, दुम्सी भालु जस्ता जनावारले ध्वस्त पारी किसानको मेहनत बालुवामा पानी बनााईदिँदा समेत कतैबाट यसको सुनुवाई नभएकोले आफुहरु प्रदर्शनमा उत्रिएको सुमित्रा भण्डारीको भनाई रहेको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाइएको ज्ञापन पत्रमा बाँदरकै कारण उत्पादन योग्य जमिन बाँझो राख्न किसानहरु बाध्यभएको उल्लेख छ । यस्तै विद्यालय जाने उमेरका साना बालबालिका विद्यालय जान पनि बाँदरका कारण त्रस्त्र भइरहेका बताइएको छ ।
ज्ञापनपत्रमा बाँदर आतंकको दिगो समाधान तथा बाँदर नियन्त्रणकालागि तत्काल आवश्यक नीति बनाई कार्यन्वयन गर्न, बादरबाट नष्ट भएको बालीनालीको क्षतिपूर्ति दिन, बाँदर धपाउँदा भएको धनजनको क्षतिको क्षतिपूर्तिको ब्यवस्था गर्न, बाली उत्पादन सिजनमा बाँदर हेरालुको ब्यवस्था गर्नु पर्ने लगायतको माग किसानहरुले गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडा तथा जिल्लाका राजनैतिक दलहरुकालाई समेत ज्ञापन पत्रको बोधार्थ बुझाइएको प्रदर्शनीमा उत्रिएका किसानहरुले जानकारी दिएका छन् । जिल्ला स्थित राजनैतिकदलहरु तथा जनप्रतिनिधिहरुले किसानहरुका मागप्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच