![विराटनगर महानगरको बजेट तीन अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबर](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/biratnagar-nagarsabha.jpg)
दाङ । दाङको घोराहीमा बजार व्यवस्थान र अनुगमनमा कडाई, म्याद गएको तेल बेच्ने र किन्नेलाई ५० हजार जरिवाना गरिने
भएको छ ।
जसका लागि उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा घोराही बजार व्यवस्थानका विषयमा बैठक बसेको छ ।
नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्ल, वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डेय, १८ का अध्यक्ष भरतमणि अर्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशी, चेम्बर अफ कमर्शका पूर्ब अध्यक्ष कुमारराज श्रेष्ठको उपस्थिती रहेको थियो ।
शाखा प्रमुख मोहनसिंह सुनारले सहजिकरण गर्नुभएको बैठकले न्यूरोड, शहिद उमेशमार्ग रोड र अस्पताल रोडको पार्किङलाई व्यवस्थित गर्नका लागि सम्बन्धीत वडाका अध्यक्षको संयोजकत्वमा सरोकारवालाहरुको समिति गठन गरेर व्यवस्थानको टुंगो लगाउने निर्णय भएको छ । त्यस्तै अटोहरुलाई नियमन गर्न पार्किङको स्थान थप गर्ने, भाडादरलाई एकरुपता ल्याउने, रुट परमिट र दर्ता विना चल्न नदिने निर्णय भएको छ ।
यस्तै बजार क्षेत्रमा वर्क सप चलाउने नाममा सटर बाहिर मोटरसाईकल बनाउने कार्यलाई रोक्ने र त्यस्ता पसललाई अटो भिलेजमा व्यवस्थापन गर्ने तथा सडक व्यपारलाई व्यवस्थित गर्नका लागि किसानलाई छुट दिने र विचौलीयालाई पूर्णरुपमा नियन्त्रण गर्ने निर्णय भएको छ ।
यसैबीच म्याद गएपछि खाने तेल विक्रि र खरिद गर्ने दुई व्यवसायीलाई जनहि २५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको छ । म्याद गएको डेढ महिना पछि तेल बिक्रि गर्ने राप्ती ट्रेड कन्सर्न र खरिद गर्ने ओम स्विट हाउसलाई २५ /२५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच