काठमाडौं । अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस वर्ल्ड-२०२३’ मा नेपालले हृयुमनिटेरियन जित्न सफल भएको छ । मिसेस वर्ल्ड-२०२३ को उपाधि जर्मनीकी महिला जुलिया क्यारोलिनले जित्नुभयो । विश्वका ५७ भन्दा बढी देशका महिलाहरूको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरण लागि विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।
मेडिकल डक्टरसमेत रहनुभएकी जुलियाले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आउनुभएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस् नेपाल वर्ल्ड पृथ्वीया थापाले गर्नुभएको थियो । उहाँ प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दै हृयुमनिटेरियन अवार्ड हात पार्न सफल हुनुभएको हो ।
प्रतियोगिताको शीर्षबाहेकको अन्य सात उपाधिमा नेपालले हृयुमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले जानकारी गराउनुभयो । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले पृथ्वीयाको उपलब्धि आफूले ठूलो सफलताको रूपमा लिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मिसेस वल्र्डमा हामीले भाग लिएको यो दोस्रोपटक हो । दोस्रोपटकमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच