बस दुर्घटना अपडेट : मृतक सात जनाको सनाखत

हिमालय टाइम्स
Read Time = 2 mins

बुटवल । रुपन्देहीको रोहिणी गाँउपालिका-३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका नौ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल-६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल-११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका-४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल-६ का ५० वर्षीय नागेन्द्र शर्मा रहनुभएको छ ।

दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो ।

दुर्घटनामा चालकसहित घाइते भएका सबैलाई उपचारको लागि भैरहवास्थित युनिभर्शल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएकोमा उपचारकै क्रममा नौ जनाको मृत्यु भएको थियो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?