काठमाडौं । गायक माधव भण्डारीले पछिल्लो समय भजन गीतहरू सार्वजनिक गरिरहनुभएको छ । यस्तैमा उहाँको स्वरमा रहेको कृष्ण भजन ‘तिरिरी मुरली फिरिरी चुनरी’ श्रोता/दर्शकमाझ आएको छ । उहाँको स्वरमा हालैमात्र ‘कृष्ण गोकुलैमा राधा बृन्दा बनैमा’, ‘जिन्दगीको भर छैन,’ ‘गणेश भजन’ जस्ता भजन सार्वजनिक भएका छन् ।
पछिल्लो भजनमा राधा कृष्णको चरिचत्रको वर्णन गरिएको छ । ‘केही वर्ष पहिला आफैँले सिर्जना गरेको यो भक्तिसंगीत पाठकमाझ ल्याएको हुँ, दर्शक/श्रोताले मन पराइदिनुहुनेमा आशावादी छु’, गायक भण्डारीले भन्नुभयो । गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच