काठमाडौं । आत्मनिर्भरतामा एक कदम अगाडि भन्ने नाराका साथ आयोजना हुने १०औँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आइएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पो अवलोकनकर्तालाई सहुलियत दिने उद्देश्यका साथ बिहीबार दुई संस्थाबीचमा सहकार्य सम्झौता भएको हो । आइएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोे व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले सम्भौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार आगामी असोज २ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फर्निचर एक्स्पोका अवलोकनकर्ताले दैनिकरूपमा गोलाप्रथाबाट आइएनआई सिनेमाको टिकट पाउनेछन् । प्रचारप्रसारका साथै सेवाग्राहीलाई चाडपर्वको समयमा सिनेमा हेर्दा सहुलियतका लागि सम्झौता गरिएको आइएनआई सिनेमाका सञ्चालक गृहेन्द्र मुनकर्मीले बताउनुभयो ।
एक्स्पो संयोजक सम्येकमान सिंहका अनुसार पहिलोपटक एक्स्पो स्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुनेछ । २० स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दी साथै धेरैभन्दा धेरै छुट सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिने पनि उहाँले बताउनुभयो ।
असोज २ देखि १० दिनसम्म फर्नेक्स २४ डट इभेण्ट सोलुसन नेपाल डटकमडटएनपी डोमेनमा आयोजना हुने भर्चुअल एक्स्पोमा मात्र पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न सहज मार्गनिर्देशन गर्नुका साथै ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादन उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच