धादिङको खाल्टेमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको निलकण्ठ नगरपालिका-५ खाल्टेमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लैजाँदै गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । पतेनीबाट राम्चे गइरहेको मल बोकेको ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनाका कारण ट्रक क्षतविक्षत भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?