![कृषिलाई प्राथमिकता दिँदै सरावलले ल्यायो ५३ करोडको बजेट](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/sarawal-gaupalika.jpg)
काठमाडौं । आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ।
शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३।१ ओभरमा भेट्टाएको हो। विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो।ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले नटआउट ८ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाए।
सुरुको दुई बलमा छक्का प्रहार गरेका फिल साल्ट ३ बलमा १२ रन जोडेर आउट भए। विल ज्याक्सले ७ बलको सामना गर्दै ५ रन जोडे भने जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे।
पहिले ब्याटिङ गरेको ओमान १३।२ ओभर खेल्दै ४७ रनमा अलआउट भएको थियो। उसका लागि सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
इंग्ल्यान्डका लागि आदिल रसिदले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए। जोफ्रा आर्चर र मार्क वुडले तीनतीन विकेट लिए। उनीहरुले १२–१२ रन खर्चिएका थिए।
समूह ‘सी’मा रहेको इंग्ल्याण्डको यो पहिलो जित हो। नेट रनरेट राम्रो बनाएको उसले यो जितसँगै ३ अंक जोडेको छ।
सुपर ८ मा पुग्न अब इंग्ल्यान्डले अर्को एक खेलमा नामिबियालाई पराजित गरेर मात्र हुँदैन ५ अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्ड सुपर ८ पुगिसकेको शीर्ष स्थानको अस्ट्रेलियासँग पराजित हुनुपर्छ। तेस्रो स्थानमा रहेको नामिबियाले तीन खेल खेल्दा दुई अंक जोडेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच