
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।
शुक्रबारको बैठकमासमेत विनियोजन विधेयकमाथि छलफल हुनेछ। आज विभिन्न मन्त्रालयको बजेटमाथि संसदले छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।
सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। आजको बैठकमा वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच