नवलपरासी । तीन जनाको मृत्यु हुने गरी भएको कावासोती घटनामा स्थानीय र नगरपालिका प्रतिनिधिबीच सहमति भएको छ ।
नाला खन्ने क्रममा बुधबार माटोको ढिस्कोले पुरिएर तीन मजदुर महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको हो।
पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको हो।
शुक्रबार अपराह्न दुई पक्षबीच घटनास्थलमा मृतकको शिलालेख तयार गर्ने, मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र रोजगारी पुस्तान्तरण गर्ने सहमति भएको छ ।
यस्तै मृतकका बालबच्चाको कक्षा १२ सम्मको शैक्षिक सामग्रीसहित अध्ययन व्यवस्थापन गर्ने, मृतक परिवारको स्वास्थ्य बीमा गर्ने, मृतकको बालबच्चाको नाममा पाँच लाखको मुद्दती खाता खोलेर जम्मा गर्ने र राहतस्वरुप पाँच लाख नगद मृतक परिवारलाई उपलब्ध गराउने, मृतक परिवारलाई किरिया खर्चवापत प्रति परिवार ५० हजार नगद तत्काल उपलब्ध गराउने, मृतकको अवस्था हेरेर परिवारको आवश्यकताको आधारमा सुरक्षित आवासको प्रबन्ध गर्ने र शव व्यवस्थापनको लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने सहमति भएको छ।
सहमतिपत्रमा नगरपालिकाको तर्फबाट उपप्रमुख फूलकुमारी थनेत, वाडा नम्बर ६ का वडाध्यक्ष यामबहादुर थापा, वडा नम्बर ५ का वडाध्यक्ष निरजकुमार पुन, वडा नम्बर २ का वडाध्यक्ष शिवप्रसाद पाण्डे र वडा नम्बर ११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको छ।
सहमति पत्रमा मृतकका परिवार तथा सामाजिक व्यक्तित्वले हस्ताक्षर गरेका छन्।
नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।
कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच