हेटौंडा । बागमती प्रदेशका जिल्लाहरुमा लागूऔषधको निकै समस्या बढ्दै छ । यसको एकै पटक समाधान भन्दा पनि न्यूनीकरण गर्दै लैजानुपर्नेमा बागमती प्रदेशसभाका सदस्यहरुले आज हेटौंडामा आयोजित कार्यक्रममा चासो देखाउनु भएको छ ।
जनपत्र मिडिया प्रा।लि। हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा सांसद र सरोकारवालाहरुको भूमिका विषयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, रोयल पार्टी प्यालेसममा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सांसदहरु तथा सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।
लागूऔषधको विकराल समस्या बढ्दै गएकाले यसमा तीनै तहका सरकारहरु लाग्नुपर्ने कार्यक्रममा सहभागि बागमती प्रदेशको प्रदेश मामिला समितिका सांसदहरु र अरु विभिन्न समितिका सांसदहरुले बताएका छन् । कार्यक्रममा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति छिरिङ दार्जे लामा, अरु प्रदेशसभाका सदस्यहरु भारती कुमारी पाठक, गिरबहादुर तामाङ, कृष्ण प्रसाद सिल्वाल, उर्मिला सुनुवार, बिन्दु श्रेष्ठ, शिबराज अधिकारी, हरि प्रभा खड्गी, हरि सापकोटा, प्रेम भक्त महर्जन, बालकुमारी विश्वकर्मा लगायतकाले यस विषयलाई अब प्रदेशसभामा आफुहरुले जोडतोडका साथ उठाउने बताउनुभयो ।
हरेक क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोगकर्ताहरुलाई न्यूनीकरण गर्न, यसको ओसारपसारलाई न्यूनीकरण गर्नका लागि चासो प्रदेश सरकारले कम चासो राखेको बताउनु भएको छ । तीन तहका सरकारले अझ बागमती प्रदेश सरकारले उद्योगी व्यावसायीहरुका भवन निर्माण गर्नका लागि लाखौ बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोग गर्ने र यसको रोकथामका लागि बजेट नछुट्याइको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले बताउनुभयो ।
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले लागुऔषध विरुद्धको अभियामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना रहेको बताउनुभयो । एउटा व्यक्ति लागुऔषध दुर्व्यसनीमा फसेपछि उ रोगी भइनै हाल्यो परिवारका अन्य सदस्यलाई पनि रोगी बनाउने बताउनुभयो । उहाँले भन्नुभयो–‘पीडित परिवार र नातेदारसम्म हुन्छन् । जनचेतनाको काम नै सबैभन्दा महत्वपूर्ण भएकोले यस्तो पुण्यकाममा म आफू पनि सहभागी हुन चाहन्छु । व्यक्तिगत रुपमा र संस्थागत रुपमा अभियानमा लाग्नु जरुरी छ । लागु औषध दुव्र्येसनीमा फसेकाहरुलाई उपचार सँगसँगै परिवार समुदायको माया पनि उत्तिकै आवश्यक छ ।’
बागमती प्रदेशसभाका अर्का सदस्य गिरीबहादुर तामाङले व्यक्तिमा नैतिक शिक्षा, समाजिक शिक्षाको कमीले गर्दा लागु औषधको प्रयोग बढेको बताउनुभयो । दिन दिनै लागु औषध प्रयोगकर्ता बढे भनिन्छ, तर रोकथामको लागि सरकारले के गरीरहेको छ पत्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यसरी बढ्यो मात्रै भनेर हुन्छ र रु बढ्दो संख्यालाई रोक्दै र बढ्न नदिनको लागि जनचेतना बढाउन पर्यो । अर्को समस्या बेरोजगारीको कारण लागु औषध प्रयोगकर्ता बढेका हुन्, रोजगारीको सिर्जना गरिनु पर्छ ।’
मासिक तथा त्रैमासिका रुपमा लागु औषध विरुद्ध विभिन्न कार्यक्रम गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । रोगीलाई उपचारमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।
बागमती प्रदेशसभाका अर्का सदस्य हरिप्रभा खड्कीले प्रेम विवाह, पारिवारीक विचलनको कारण लागु औषधको प्रयोग गर्ने आदत बस्ने गरेको बताउनुभयो । यसको नियन्त्रणको लागि कडा भन्दा कडा कानून बनाइनु पर्ने बताउनुभयो ।
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युुवा जमातमा लागु औषध दुव्येसनीको सवाल भयावह बन्दै आएको बताउनुभयो । युवाहरु किन दुव्येसनीमा फस्ने गरेका छन् त्यो कारण खोजेर समाधानमा सरकार लाग्नु पर्छ, युवा परिषद सहकार्यको लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले बजेट विनियोजनको समय भएकोले यता तर्फ पनि ध्यानदिन यो कार्यक्रमले झकझकाएको छ । लागु औषध विरुद्ध लाग्नेलाई प्रोत्साहन र उपचारमा सहजता ग्यारेन्टी हुनु जरुरी छ ।’
कार्यक्रममा नेपाल चिकित्सकसंघ मकवानपुरका अध्यक्ष डा। हरि खड्काले पछिल्लो समय डाक्टरले उपारमा चासो दिन थालेको बताउनुभयो । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पनि पछिल्लो समय लागु औषध प्रयोगपछि मानसिक अवस्थामा समस्या भएकाहरुलाई छुट्टै उपचार कक्षको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘परामर्श सेवालाई प्रभावकारी बनाउनमा सबैभन्दा बढी जरुरी छ । सही ढंगले परामर्श गर्न सकियो भने लागुको नशामा फसेको व्यक्तिाई सजिलै छुट्याउन सकिनछ । स्कुल कलेजहरुमा यो ज्ञानको अभाव छ । लागु औषध प्रयोग गर्दा हुने बेफाइदाबारे प्रचारप्रचार व्यापक हुनु पर्छ । विद्यालय पाठ्यक्रममा समावेश गर्न सकिए त झनै प्रभावकारी हुने थियो ।’
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल चिकित्सक संघ मकवानपुरका अध्यक्ष डाक्टर हरि बहादुर खड्का, नेपाल औषधी व्यावसायी संघ मकवानपुरका नारायण लाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज न्यौपाने, मकवानपुर महिला समुहका अध्यक्ष कमला सुवेदी, फ्रेण्डस हेटौंडाका संयोजक किरण थापा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा, रिकभरिङ नेपालका पूर्व अध्यक्ष शान्ता तामाङ, केन्द्रीय सदस्य सौजन डिसी, सन्दीप शाक्य, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरर चितवनका बिभिन्न संघसंस्था र यहाँका तीन वटा क्याम्पसका प्राध्यापक तथा विद्याथीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिसमेत गरेर ९१ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पूर्व लागूऔषध दुर्व्यसनीहरुले सरकारले आफुहरु समाजमा पुनरस्थापित भएपनि कुनैपनि क्षेत्रबाट सहयोग नगरेको बताएका छन् । कार्यक्रममा सहभागि सामाजिक संघसंस्था र क्याम्पसका विद्यार्थीहरुले लागूऔषधका दुर्वेसनी बढ्दै गएको र यस क्षेत्रमा सरकारले न्यूनीकरणका लागि विभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन्
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच