ललितपुर । ललितपुरमा सम्पन्न शहीद स्मारक ‘सि’ डिभिजन लिगको उपाधि बागमती युथ क्लबले उचालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बागमतीले पुल्चोक स्पोट्र्स क्लबसँग गोलरहित बराबरी खेलेपछि उपाधि चुमेको हो ।
उपाधिसँगै बागमतीले १० लाख रुपैयाँ हात पारेको छ । दोस्रो स्थानमा रहेको आरसी ३२ ले सात लाख रुपैयाँ प्राप्त गर्यो । अंक तालिकाको शीर्ष स्थानमा रहेको बागमतीले १३ खेलमा ३० अंक बनाएको थियो । समान खेलबाट आरसी ३२ ले २६ अंक बनायो । रानीवन स्पोट्र्स क्लब र गोलबजार स्पोट्र्स क्लब भने रेलिगेसनमा परेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच