एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले यस वर्षको विम्बल्डन नखेल्ने घोषणा गर्नुभएको छ । पेरिसमा हुने ओलम्पिकमा ध्यान केन्द्रित गर्न उहाँले यस वर्षको विम्बल्डन नखेल्ने घोषणा गर्नुभएको हो । ३८ वर्षीय नाडालले जुलाई २७ बाट सुरु हुने ओलम्पिकको तयारीका लागि स्विडेनमा हुने प्रतियोगितामा भाग लिने बताउनुभयो ।
नाडालले २००८ र २०१० मा विम्बल्डनको उपाधि जित्नुभएको थियो । वर्षको तेस्रो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन जुलाई १ देखि सुरु हुनेछ । २२ पटकका ग्राण्डस्लाम विजेता नाडालले ओलम्पिकमा कार्लोस अल्कारेजसँग मिलेर डबल्समा प्रतिस्पर्धा गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच