रुख कटहरको फाइदा मुटु रोगदेखि आँखा र छालासम्म

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रुख कटहरलाई काँचोमा तरकारी, अचार, पकौडा र पाकेपछि यसको भित्रको गुदी खाने गरिन्छ । काँचो छँदा तरकारी खाइने भए पनि पाकेपछि यसको फल खाइन्छ । यसको फलमात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ ।

केहीलाई यो तरकारी र पाकेको एकदमै मन पर्छ भने केहीले यसको गन्ध मन नपराएको पनि पाइन्छ । तर, कटहरभित्र धेरै पौष्टिक तत्व पाइन्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । कटहरमा भिटामिन ए, सी, क्याल्सियम, आइरन, नियासिन, जिंक, थाइमिन, पोटासियम र राइबोफ्लेबिन जस्ता तत्वहरू पाइने गर्दछ ।

यसको सेवनले शरीरमा धेरै लाभ पु¥याउनुका साथै तपाईंको अनुहारमा निखार पनि ल्याउने गर्दछ । यसको स्वास्थ्य लाभ आँखा तथा छालामा पनि देखिने गर्दछ । यो फलमा पाइने भिटामिन ‘ए’ ले आँखाको रोशनी बढाउँछ भने छालामा चमक पनि ल्याउँछ । यसले रतन्धोलाई पनि ठीक गर्न सहयोग पु¥याउँछ ।

त्यस्तै यसमा पाइने भिटामिन ‘सी’ ले रोग प्रतिरोधक क्षमतालाई बढाउने गर्दछ जसले ब्याक्टेरियल र भाइरल इन्फेक्सनबाट बचाउँछ । यसमा पाइने पोटासियमले मुटुसम्बन्धी समस्यालाई कम गर्न सहयोग पुर्‍याउने विभिन्न खोज अनुसन्धानबाट पत्ता लागेको बताइन्छ । यसले हाई ब्लडप्रेसरलाई पनि कम गर्न मद्दत गर्दछ ।

यसमा निकै फाइबर पाइने भएकाले यसमा क्यालोरी हुँदैन । तपाईंलाई जानकारी नहुन सक्छ पूरारूपमा पाकेको कटहरको गुदीलाई राम्रोसँग पानीमा उमालेर चिसो बनाएको एक गिलास पानी पिउनाले शरीरमा जबरदस्त स्फूर्ति ल्याउने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?