
काठमाडौं । एनआईसी एकेडेमीले दोस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
चाबहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चाबहिल मैदानमा भएको फाइनलमा एनआईसीले विनायक इंग्लिस स्कुललाई ३-० गोलले पराजित गर्यो ।
एनआईसीका अनिश जोशी, हरिसित परियार र प्रत्युश केसीले समान १-१ गोल गरे । विजेता एनआईसीले २० हजार तथा उपविजेता विनायकले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौं महानगरपालिका वडा-७ द्वारा आयोजित प्रतियोगितामा अनिश जोशी उत्कृष्ट खेलाडी, यसुन थापामगर उत्कृष्ट गोलरक्षक र गौरव खड्का उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्टत्रय एनआईसीका हुन् ।
विजेतालाई आयोजक वडा-७ का अध्यक्ष विमलकुमार होडा, वडा-७ कै पूर्वअध्यक्ष सानुकाजी शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २८ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ छात्र टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच