स्वास्थ्यका लागि कटहर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कटहरलाई काँचोमा तरकारी, अचार, पकौडा र पाकेपछि यसको भित्रको गुदी खाने गरिन्छ । केहीलाई यो तरकारी र पाकेको एकदमै मन पर्छ भने केहीले यसको गन्ध मन नपराएको पनि पाइन्छ ।

तर, कटहरभित्र धेरै पौष्टिक तत्व पाइन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । कटहरमा भिटामिन ‘ए’, ‘सी’, क्याल्सियम, आइरन, नियासिन, जिंक, थाइमिन, पोटासियम र राइबोफ्लेविन जस्ता तत्वहरू पाइने गर्दछ ।

यसको सेवनले शरीरमा धेरै लाभ पुर्‍याउनुका साथै तपाईंको अनुहारमा निखार पनि ल्याउने गर्दछ । यसको स्वास्थ्य लाभ आँखा तथा छालामा पनि देखिने गर्दछ । यो फलमा पाइने भिटामिन ‘ए’ ले आँखाको रोशनी बढाउँछ भने छालामा चमक पनि ल्याउँछ । यसले रतन्धोलाई पनि ठीक गर्न सहयोग पुर्‍याउँछ ।

त्यस्तै, यसमा पाइने भिटामिन ‘सी’ ले रोग प्रतिरोधक क्षमतालाई बढाउने गर्दछ जसले ब्याक्टेरियल र भाइरल इन्फेक्सनबाट बचाउँछ । यसमा पाइने पोटासियमले मुटुसम्बन्धी समस्यालाई कम गर्न सहयोग पुर्‍याउँछ । यसले हाई ब्लड प्रेसरलाई कम गर्ने गर्दछ ।

यसमा निकै फाइबर पाइने भएकाले क्यालोरी हुँदैन । तपाईंलाई जानकारी नहुन सक्छ, पाकेको कटहरको गुदीलाई राम्रोसँग पानीमा उमालेर चिसो बनाएको एक गिलास पानी पिउनाले शरीरमा जबरदस्त स्फुर्ति ल्याउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?