साताभर १८ अर्बभन्दा बढीको सेयर कारोबार

Read Time = 2 mins

काठमाडौं । साताभर सेयर बजार उच्च अंकले बढेको छ । जेठ २२ गतेयता नेप्से निरन्तर बढ्दोक्रममा रहेको छ । यस साता पाँच प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन परिसूचक १९.३९ अंकमा रहेकोेमा साताको अन्तिम कारोबार अर्थात् बिहीबारसम्मको अवधिमा १०२ अंकले बढ्दै २०४२ अंकमा पुगेको छ । लगातार आठ दिनदेखि बढिरहेको नेप्से यस साताको पाँचै दिन नै बढ्दै १८ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

गत साता १० अर्ब ३० करोडको कारोबार भएको थियो । यस साता एकै दिन पाँच अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर कारोबारसँगै नेप्सेको बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । गत साता नेप्सेको बजार पुँजीकरण २८ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

परिसूचक १०२ अंकले बढ्दा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूह बढेका छन् । यस साता होटल समूह १५ प्रतिशतले बढेको छ भने जीवन र निर्जीवन बिमा समूहमा समेत उत्साहजनक वृद्धि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?