
ओरियन्टल पब्लिकेसन हाउस प्रा.लि.ले २०८० सालमा प्रकाशन गरी नेपाली निबन्ध भण्डारमा थपेको कौतूहलपूूर्ण कृति प्रा.डा.अजय रिसालद्वारा लिखित चौबीसवटा आध्यात्मिक निबन्धसङ्ग्रह हो, जसको नाम ‘गीतामा मनका कुरा’ रहेको छ । वहाँले यो लेखनलाई ‘एक मनोचिकित्सकको उद्बोधन’ भनेर घोषणा गर्नुभएको छ । कृतिकारले यो कृतिको विषयसूचीका पूूर्वपीठिकाको रूपमा क्रमैले-: १, प्रारम्भिक प्रश्नः मन कहाँ छ ? २, विषय प्रवेशः श्रीमद्भगवत्गीतामा मनोचिकित्सा अर्जुनरोगको कृष्णोपचार छ भने तेस्रोमा ३, यात्रारम्भः श्रीमद्भगवत्गीताको पहिलो श्लोक-आत्ममन्थनको सन्देश भन्ने शीर्षकहरूले भगवत्गीतालाई सिरानी हालेर रोचक र आत्मपरक शैलीमा विषयवस्तुको उपस्थापना गर्नुभएको छ ।
पहिलो निबन्धको शीर्षक अर्जुनरोगको प्रस्तुति छ जहाँ निबन्धकारले महाभारतकानायक अर्जुुनको मनोविज्ञानलाई कोट्याउने जमर्को गरेका छन् यस क्रममा उनको उद्धरण बोल्छ : ‘महाभारतको पृष्ठभूमिमा हेर्दा आफ्ना बाबु पाण्डुको प्रतापले संगठित शक्तिशाली राष्ट्रका राजकुमारमात्र नभई पितामह भीष्मका प्रिय नाति, आचार्य द्रोणका योग्य शिष्य, सर्वश्रेष्ठ धनुुर्धरको उपाधिधारी व्यक्तित्व, द्रौपदीद्वारा स्वयंवरित, महादेवबाट वर प्राप्त, सारा पाण्डवको आशाकेन्द्र अनि श्रीकृष्णको प्रिय सखा र ज्वाइँ । त्यसैले अभिमान वा अहङ्कार उनको हृदयको कुनै कुनामा अदृष्य रूपमा हुनसक्छ’ ।
निजात्मक शैली र विकीर्ण चिन्तनमा खारिएको बढी नैबन्धिक र कम प्राबन्धिकताको रसास्वादन दिने अजय रिसालका निबन्ध श्रीमद्भगवत्गीताको सूत्रात्मक संकथनलाई तन्काउने, व्यावहारिक रूपमा बुुझाउने र विषयवस्तुुनिष्ठ भएर लेखिएको ग्रन्थ हो । एक सय सतसठ्ठी पृष्ठमा भूूमिकासहित मन कहाँ छ ? श्रीमद्भगवत्गीतामा मनोचिकित्सा ‘अर्जुनरोग’ को ‘श्रीकृष्णोपचार’ । यात्रारम्भः श्रीमद्भगवत्गीताको पहिलो श्लोक आत्ममन्थनको सन्देश । जस्ता ओजिला पूूर्वपीठिकाको लेखनशैली र विषयवस्तुुले अजय रिसाल धेरै नैबन्धिक कलमकर्मी-का लागि अजय नै छन् । ‘म नै मेरो निबन्धको विषयवस्तुु हुुँ’ भन्ने पश्चिमी निबन्धकार मोन्टेन र आत्मपरक र भावपरक निबन्धकार देवकोटाका पदचापको अनुशरणमा गीताग्रन्थको चुरोलाई छुुरो बनेर निबन्धको गौरवको जुरो मजैससित हल्लाएका छन् डा.रिसालले ।
यसै क्रममा अर्जुुन विषादयोगको गहन अध्ययन गर्दै मनोचिकित्सक डा. रिसाल भन्छन्-‘श्रीमद्भगवत्गीताको पहिलो अध्यायको अठ्ठाईस श्लोकदेखि उताका श्लोकहरूको अध्ययन गर्दा अर्जुनलाई मानसिक रोगीका रूपमा चित्रण गर्न कसैलाई गाह्रो पर्दैन भनी ठोकुवा गरेका छन् । त्यसैले त लेखक भगवत्गीताको पहिलो अध्यायलाई वेदव्यासले ‘अर्जुुन विषादयोग’ शीर्षक दिएर अर्जुनको चरित्रचित्रण गरेकोमा धन्यवाद दिन्छन् ।
अर्जुुनलाई मोहग्रस्त नबन, कायर झैँ नहोऊ, यो आर्य आचरणविपरीत काम नगर, उठ जाग ! भनेर महानायक श्रीकृष्ण भगवान्ले जागृतिको आत्मबल दिएका छन् । निबन्धकारको तेस्रो निबन्ध पुुष्पमा ‘स्थितप्रज्ञ अर्थात् सुसमायोजित व्यक्तित्व’ बारे सुन्दर र सटिक व्याख्या दिने प्रयास गरेका छन् । गीताको दोस्रो अध्यायको ५५औं देखि ६१औं श्लोकसम्म स्थितप्रज्ञका आयामबारे चर्चा छ । जहाँ निष्कामकर्म, सुखदुुःख दुुबैमा समभाव र त्रितापका (आधिभौतिक, आधिदैविक र आध्यात्मिक) पक्षहरूको सरल र सहज भाषामा व्याख्या गरिएको छ ।
चौथो पुुष्पको शीर्षक छ ‘कुन हो श्रेष्ठ मार्ग : कर्म या ज्ञान’ भन्ने चर्चामा निबन्धकार विशद विवेचना गर्दै यस्तो निचोड पस्किन पुुगेका छन् : ‘कर्म कि ज्ञान भन्ने विवादमा नफसिकन आफ्नो प्रारम्भिक जीवनलाई कर्मयोगको निरन्तर अभ्यासमा लगाई उत्तरार्धमा ज्ञानयोग अर्थात् आत्मज्ञानको ढोका खोल्नु नै हामी सबैका लागि श्रेयस्कर हो भनी मान्न सकिन्छ’ ।
यसै सन्दर्भमा पाँचौं पुुष्पको शीर्षक ‘कसरी यज्ञमय बन्न सक्दछन् कर्म ?’ भनेर कर्मको सार्थकतामा गीताका महनीय सूत्रात्मक श्लोकको धारणालाई साधारणीकरण भाष्य गर्दै समुचित शिक्षण गराएका छन् । छैटौँ पुुष्पमा ‘कर्मयोगद्वारा नै गर्न सकिन्छ आत्मविकास’ भन्ने यथार्थलाई दृष्टान्तसहित पुुष्टि गरेका छन् । सातौं पुुष्पमा ‘श्रद्धा एवं विश्वास : आत्मज्ञानको आधार’ भनी सुुन्दर परिचर्चा गरिएको छ भने आठौं पुुष्पमा ‘कुन हो श्रेयस्कर मार्गः कर्मयोग कि कर्मसन्न्यास’ शीर्षकमार्फत कौतूूहलपूूर्ण बौद्धिक हलचल ल्याउने काम गरेका छन् डा.रिसालले ।
यसैगरी नवौँ पुुष्प ‘आत्मोद्धारका लागि ध्यानयोग’ भन्ने विषयमा श्रीमद्भगवत् गीताको धरातल टेकेर सोदाहरणसहित ध्यानयोगको औचित्यलाई पूूर्ण समर्थन गरेका छन् निबन्धकारले । त्यसैगरी दशौं पुुष्प ‘आत्मज्ञानको विज्ञान’ मा केन्द्रित छ भने एघारौं पुुष्पले ‘कसरी पाउने परमात्म तत्वलाई’ भन्ने जिज्ञासा शान्त पार्ने दरिलो चेष्टा गरेका छन् निबन्धकार अजयले । यसै क्रममा बाह्रौं निबन्ध ‘परमात्म तत्वको विवेचना’ भन्ने शीर्षकमा सघन वनमा सुुझबुुझसाथ पाठकलाई रमणको भ्रमण गराउन सफल छ भने तेह्रौंले ‘आत्मज्ञानको सार’—मार्फत सटिक सूूत्रहरू हामीमाझ निजात्मक शैलीमा पठनप्रिय बनाउँदै पस्किन सफल भएको छ ।
डा.रिसालले चौधौँ पुुष्पमा ‘परमात्माको विभूति अनि योग’ बारे यसको साङ्गोपाङ्ग रहस्यलाई खुलाउने कसरत गरेका छन् भने अत्यन्त रोचक विस्मयकारी पन्ध्रौँ पुुष्पले ‘सम्मोहन उपचारको यथोचित प्रयोगः विश्वरूप दर्शनयोग’ लाई माध्यम बनाएर अर्जुुनको हृदयबाट भय हुत्याई युद्धकार्यतर्फ नै प्रवृत्त बनाउन सफल भएको वर्णन गरिएको छ । यसै सन्दर्भमा निबन्धकारका सोह्रौं पुुष्पदेखि चौबीसौँ पुुष्पसम्मका शीर्षकहरू क्रमशः यस्ता छन् ः ‘भक्तियोगको सार, क्षेत्र कहाँ छ ? क्षेत्रज्ञ को हो ?, व्यक्तित्वका तीन प्रकार, आध्यात्मिक जिज्ञासाको निरूपण, के हुन् दैवी अनि आसुरी प्रवृत्ति ?, श्रद्धाका तीन प्रकार, जीवन र जगत्का त्रिविध भेद, वर्णाश्रम धर्मका आधारः गुण एवं कर्म, विषादबाट मुुक्ति स्मृतिको सम्प्राप्ति’ आदि गहनीय, मननीय, चिन्तनीय र पठनीय बनेका छन् उनका आध्यात्मिक निबन्धसङ्ग्रह ।
निजात्मक शैली र विकीर्ण चिन्तनमा खारिएको बढी नैबन्धिक र कम प्राबन्धिकताको रसास्वादन दिने अजय रिसालका निबन्ध श्रीमद्भगवत्गीताको सूत्रात्मक संकथनलाई तन्काउने, व्यावहारिक रूपमा बुुझाउने र विषयवस्तुुनिष्ठ भएर लेखिएको ग्रन्थ हो । एक सय सतसठ्ठी पृष्ठमा भूूमिकासहित मन कहाँ छ ? श्रीमद्भगवत्गीतामा मनोचिकित्सा ‘अर्जुनरोग’ को ‘श्रीकृष्णोपचार’ । यात्रारम्भः श्रीमद्भगवत्गीताको पहिलो श्लोक आत्ममन्थनको सन्देश । जस्ता ओजिला पूूर्वपीठिकाको लेखनशैली र विषयवस्तुुले अजय रिसाल धेरै नैबन्धिक कलमकर्मी-का लागि अजय नै छन् । ‘म नै मेरो निबन्धको विषयवस्तुु हुुँ’ भन्ने पश्चिमी निबन्धकार मोन्टेन र आत्मपरक र भावपरक निबन्धकार देवकोटाका पदचापको अनुशरणमा गीताग्रन्थको चुरोलाई छुुरो बनेर निबन्धको गौरवको जुरो मजैससित हल्लाएका छन् डा.रिसालले ।
मन कहाँ छ ? भन्ने प्रश्नले उनलाई बढी चिमोटेको कारण आफू मेडिकल स्नातक उत्तीर्ण गर्ने बित्तिकैदेखि ‘मन’ को थातथलो पत्ता लगाउन संकल्प गरेको कुरा यसरी राखेका छन् : ‘आजभन्दा झन्नै दुुईदशक अघिदेखि मनको थातथलो पत्ता लगायन संकल्प उठेपछि मनोचिकित्सा अध्ययनार्थ बढेका थिए मेरा पाइला । त्यस क्रममा थुप्रै व्यवधान नआएका होइनन् तर पनि म आफ्नो निर्णयमा अडिग नै रहेको थिएँ । त्यसैले त मनोचिकित्सक बनेरै छाडेँ । पहिले जाऊँ आफैंले पढेर आएको पश्चिमी चिन्तनबाट प्रभावित मनोचिकित्सा सूूत्रतर्फ । पश्चिमी चिन्तकहरूमध्ये ‘कार्टेसियन डुुवालिज्म अर्थात् मन र शरीरका बीच भिन्नता दर्शाउने ‘रेने डेकार्टस’ नामक चिन्तकको कथन र त्यसको विपक्षमा विकसित भएको आधुनिक चिकित्सा पद्धति रहेका छन् ।
हामी मानसिक रोगका लक्षणलाई तीन भागमा विभाजित गरेर केलाउने गर्दछौँ : १, विचार, २, व्यवहार, ३, भावना । यी तीनमा आउने उतारचढाब नै मानसिक रोगका प्रमुख लक्षणका रूपमा देखा पर्दछन् । अर्थात् यो चिन्तनभित्र पनि मनलाई एउटा अदृष्य तर व्याप्त वस्तु या अङ्गका रूपमा मानिएको छ । तर मन कहाँ छ त ? हामी यस प्रश्नका अगाडि मूक रहन बाध्य छौं । मानव शरीरका छाला, मांसपेशी, अस्थिपञ्जरलाई छियाछिया पारेर अध्ययन गर्दा पनि मुटुु, फोक्सो, कलेजो, मिर्गौला, पित्त, फियो, आमाशय, आन्द्रा, अनि जननेन्द्रियसमेतलाई टुक्रा-टुक्रा पारेर घोत्लिँदा पनि टाउको र खप्परभित्रको मस्तिष्कको एक एक अवयवको गम्भीर अन्वेषण गर्दा पनि अनि नसा,कोषिका, स्नायुुहरूको आगमन र प्रस्थानबिन्दुु पहिल्याउँदा पनि हामीले अदृश्य (?) ‘मन’ भेट्टाएनौं ।
त कुनै प्रोफेसरले नै हामीलाई चिनाइदिए : ‘यी हेर, यो हो मानव-मन’ भनेर.....यो रहस्यको कुरो ! म यस मानेमा आपूmले सिकेको, दक्षता हासिल गरेको आधुनिक चित्किसापद्धतिसित असन्तुुष्ट छुु, किनकि मैले ठोस उत्तर पाउन सकेको छैन, मेरो यक्ष प्रश्नको । यसको सही उत्तर १८ अध्यायको महर्षि वेदव्यासरचित श्रीमद्भगत्गीतामा पाइन्छ । जसका महानायक हुन् श्रीकृष्ण जो साँच्चैका महा-विज्ञ मनोचिकित्सक रहेछन् ! जसले मनोरोगी अर्जुनको उपचार गरेर संसारका खबौं मानिसलाई त्राण दिएका रहेन्’ ।
२०३५ कार्तिक शुक्ल पञ्चमी तिथिमा माता जयश्री रिसाल र पिता वेदान्त सारथि प्रा.मधुुसूदन रिसालको कोखमा आँखा खोलेका अजय रिसाल मनोचिकित्सा विषयका एम्.डी. क्लिनिकल मेडिसिनमा पीएच्डी गरेका मेधावी प्राध्यापक हुन् । बहुमुखी प्रतिभाका धनी अजय एक कुशल डक्टर, आध्यात्मिक अभियन्ता र जिउँदा बिम्ब र प्रतीक प्रयोग गरेर नेपाली गद्यकवितामा उचाइ प्रदान गर्ने कलात्मक लेखनी पनि हुन् । सादा जीवन उच्च विचार रशालीन व्यक्तित्वका रिसालको यो ग्रन्थ भौतिकवाद र अध्यात्मवादको सेतुु भएकाले कृति पठनीय, स्तवनीय, चिन्तनीय र वन्दनीय बनेको छ । अस्तुु !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच