जनकपुरधाम । नेपाली कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्ड मन्त्रीमण्डल पुर्नगठन ताका आफ्नो अनुकुल नभएपछि सत्ताका लागि एमालेको कित्तामा भागेको आरोप लगाउनु भएको छ ।
जनकपुरधाममा नेपाली कांग्रेसको प्रशिक्षण शाखाले आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको समुदघाटन गर्दै पुर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले कांग्रेस संगको सरकारको एक वर्ष पछि प्रधानमन्त्रीले मन्त्री मण्डल पुनर्गठन गर्न चाहँदा कांग्रेसले नमानेपछि सत्ता गठबन्धन टुटेको बताउनु भयो ।
सत्ताका लागि हरेक दल प्रयासरत रहने गरेको भएपनि अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेस जनताको हितका लागि एउटै सरकारको पक्षमा रहेको बताउनु भयो ।
डा. डिला संग्रौला सहित केन्द्रिय नेताहरुले प्र्रशिक्षण दिने कार्यक्रमको समापन र नेता डा. शेखर कोईरालाले प्रमाणपत्र वितरण गर्नुभयो ।
-पुरन साह
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच