काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।
पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ ।
घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने नियमले जनाएको छ ।
मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको निगमले शनिवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ ।
त्यसैगरी डिजेल र मट्टीतेलमा पहिलो वर्गअन्तर्गत १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १५१ र तेस्रो वर्गअन्तर्गत १५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच