रवि लामिछानेका गाडी चालक थापाको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ ।

उनी वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका थिए । उनको उपचारका क्रममा आज दिउँसो १:३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । उनी कसरी खसे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?