![जवाफ दिन छोडेर तर्किंदै नेतृत्व](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Leadership-without-answering-Hita-fornt-page.jpg)
✍️ शैलेन्द्रबहादुर थापा
ब्रहृमपुत्र नदीलाई चिनियाँ (तिब्बती) भाषामा यार्लुङ जाङ्पो नामले चिनिन्छ । यो नदीको उद्गमस्थल पश्चिम-दक्षिण तिब्बतको मानसरोवरबाट पूर्वतर्फ करिब ६० किलोमिटर दूरीमा अवस्थित चिमायाङचोङ हिमनदी हो । यो नदीलाई संसारको छानो कहलिएको तिब्बतमा कुपी छु, तेङक्वि शाङ्पो (घोडा नदी), मेक्वान नदी, शाङ्पो नदीजस्ता विभिन्न स्थानीय नामहरूबाट सम्बोधन गरेको पाइन्छ । यो नदी चीन (तिब्बत) को भूमिभित्र समष्टिगत् रूपमा यार्लुङ जाङ्पोको नामबाट बगेको छ । यसलाई तिब्बतमा ‘झुण्डिएको नदी’, ‘तिब्बतको आमा नदी’ जस्ता उपनामबाट सम्बोधन गरेको पाइन्छ । यार्लुङ जाङ्पो तिब्बतमा समुद्री सतहबाट करिब चार हजार मिटरभन्दा बढीको उचाइमा बग्ने नदी हो ।
पौराणिक विश्वास प्रणाली अनुसार सृष्टिकर्ता ब्रहृमाको नामसँग जोडिएको ब्रहृमाकुण्ड (मानसरोवर) प्रश्रवण क्षेत्र आसपासबाट उद्गमित ब्रहृमाको छोराको नामले ब्रहृमपुत्र नदी कहलिएको हो । यसरी यो नदीलाई पुरुषवाची नामबाट सम्बोधन गरिएको छ । पश्चिम तिब्बती पठारबाट पूर्वी तिब्बततर्फ विभिन्न साना ठूला नदीहरूलाई समाहित गर्दै यार्लुङ जाङपोको तिब्बती भूभागभित्र करिब २ हजार ७८ किलोमिटर लम्बाइ रहेको छ ।
ब्रहृमपुत्र आसामको धुव्रीबाट पार गरी बंगलादेशमा प्रवेश गर्छ । बंगलादेशभित्र ब्रहृमपुत्र नदीसँग सिक्किमबाट बगेर आएको टिष्टा नदी मिल्छ । त्यहाँ नाम परिवर्तन भई जमुना नदीको नाममा करिब ३ सय ५४ किलोमिटरको दूरीमा बग्दछ । यो महानदी अगाडि बढ्दै जाँदा बंगलादेशको अरिचा स्थानमा पद्मा (गंगा) नदीसँग मिल्छ ।
गोरखा जिल्लाको लार्के बजारतर्फको तत्कालीन नेपाल-तिब्बतको प्रमुख वाणिज्य केन्द्रमा तिब्बती ब्रहृमपुत्र नदीको किनारमा रहेको प्रसिद्ध नुनखानीको शुद्ध नुन नेपालमा ढुवानी गरी नेपालीले सेवन गर्थे । गाई, भैंसी, बाख्रालाई खुवाउँथे । आज पनि ब्रहृमपुत्र नदी किनारको नुनखानीले नेपाली उपभोक्ताको प्रतीक्षा गरिरहेको तथ्य कूटनीतिक वृत्तमा चर्चित छ । चीन (तिब्बत) को दक्षिणी सँधियार राष्ट्र नेपालको रसुवागढीबाट करिब २४ किलोमिटर उत्तर तिब्बतको केरुङ आसपासको क्षेत्र भएर यो नदी पूर्वतर्फ बगेको छ । ल्हासा, सिगात्से (तिब्बती भाषामा ‘आदर्श गढी’) र काठमाडांै जाने नेपाल-चीन अन्तर्राष्ट्रिय राजमार्गलाई जोड्ने ‘छुसु पुल क्षेत्र’ वरपर रहेको यार्लुङ जाङ्पोको महत्वले कूटनीतिक इतिहासको सम्झना गराइरहेको छ ।
यार्लुङ जाङ्पोसँग सिगात्सेदेखि ल्होखासम्मका अन्य धेरै नदीहरू मिल्छन् । यार्लुङ जाङ्पो क्रमशः पूर्वतर्फ बग्दै जानेक्रममा न्याङ्चु नदी, ल्हासा नदी र न्याङ नदीलाई आफूमा समाहित गर्दै अघि बढ्छ । यसरी पूर्वतर्फ बग्ने क्रममा कोङ्खार काउन्टी र ल्होखाको नेदोङ जिल्लाबीचको खण्डबाट अगाडि बढेपछि नदीको किनारा फराकिलो हुन्छ । यार्लुङ जाङ्पो नदी न्यिङ्ची शहर हुँदै अघि बढ्ने क्रममा दक्षिणतिर मोडिन्छ र हिमालयका गहिरा खोंचहरू हुँदै अघि बढ्छ ।
मेनलिङ र मेतोक काउन्टीको भूभागमा करिब ४ सयदेखि ५ सय किलोमिटरको अन्तरालमा ३ हजार मिटरभन्दा बढी खोंचको मार्ग भएर यार्लुङ जाङ्पो अगाडि बढ्छ । तिब्बत स्वायत्त क्षेत्रको न्यिङ्चीमा अवस्थित विश्व प्रसिद्ध यार्लुङ जाङ्पो घाँटी (ग्रेट कयानयोन) को मुटुमा रहेको मेतोक काउन्टीलाई पद्मकाङ पनि भनिन्छ । तिब्बती संस्कृतिमा मेतोकको अर्थ ‘फूल’ र पद्मकाङको अर्थ ‘अदृश्य कमल’ अर्थात बौद्ध दर्शनमा मेतोकलाई ‘अदृष्य कमलको भूमि’ बाट चिनिन्छ । अन्त्यमा यो नदी चीनको सिमानाबाट बाहिरिँदै, अर्को देशमा प्रवेश गरी अन्तर्राष्ट्रिय एशियाली नदी बनेको छ ।
चिनियाँ भूभागभित्र बगेको यार्लुङ जाङ्पो चीनको सिमाना पार गरी भारतको अरुणाञ्चल प्रदेशभित्र प्रवेश गर्छ । यार्लुङ जाङ्पोको नाम परिवर्तन भई यो महानदीसँग अरुणाञ्चल प्रदेशका लोहित नदी र दिहाङ नदी समाहित हुन्छन् । त्यसपछि यो महानदी अरुणाञ्चल प्रदेशभित्र करिब १ सय ९८ किलोमिटरको दूरीमा बग्छ । यो महानदी अरुणाञ्चल प्रदेशबाट अगाडि बढ्दै भारतको आसामस्थित सादिया स्थानमा बग्छ । सादियामा नाम परिवर्तन भई ब्रहृमपुत्र नदीको नामबाट करिब ७ सय २० किलोमिटरको दूरीमा बग्छ । अतः सादियादेखि धुव्री क्षेत्रभित्रसम्मको त्यो दूरीलाई ब्रहृमपुत्र नदीको नामले सम्बोधन गरिन्छ । ब्रहृमपुत्र नदीले आसाममा ‘माञ्जुली द्विप’ बनाएको छ, जुन विश्वप्रसिद्ध छ । सोभानसिरी नदी, कामिन नदी, भुटानबाट बगेर आएको मानस नदी पनि ब्रहृमपुत्र नदीका सहायक नदीहरू हुन् । ब्रहृमपुत्र नदी भारतको भूमिभित्र करिब ९ सय १८ किलोमिटरको दूरीमा बग्छ ।
ब्रहृमपुत्र नदी आसामको धुव्रीबाट पार गरी अर्को देश बंगलादेशमा प्रवेश गर्छ । बंगलादेशभित्र ब्रहृमपुत्र नदीसँग सिक्किमबाट बगेर आएको टिष्टा नदी मिल्छ । त्यहाँ नाम परिवर्तन भई जमुना नदीको नाममा करिब ३ सय ५४ किलोमिटरको दुरीमा बग्दछ । यो महानदी अगाडि बढ्दै जाँदा बंगलादेशको अरिचा स्थानमा पद्मा (गंगा) नदीसँग मिल्छ । त्यहाँबाट ब्रम्हपुत्र महानदी पद्माको नामबाट अगाडि बढ्दै जाँदा बंगलादेशको चन्द्रपुर जिल्ला निकट पुगेर ब्रहृमपुत्र महानदीसँग मेघना नदी मिल्छ । भारतको मणिपुरबाट वराक नदी आउँछ । वराकलाई बंगलादेशमा मेघना नदीको नामले सम्बोधन गरिन्छ । यो क्षेत्रमा विश्वप्रसिद्ध ‘सुन्दरवन डेल्टा’ रहेको छ, जहाँबाट ब्रहृमपुत्र महानदी अन्त्यसम्म मेघना नदीकै नामबाट अगाडि बढ्छ ।
ब्रहृमपुत्र नदीको विषयलाई लिएर भारत र बंगलादेश, चीन र तटीय राष्ट्रहरूबीच अक्सर विवाद छ । तर आशा गरौं, ब्रहृमपुत्र नदीको उपभोगमाथि चीन पनि अन्तर्राष्ट्रिय सिद्धान्त, नीति, मर्यादा उल्लंघन नगरी तटीय राष्ट्रलाई नकारात्मक असर पुग्ने कार्यमा संवेदनशील हुने नै छ ।
त्यसपछि बंगालको खाडीमा मिल्छ । चीन (तिब्बत) को यार्लुङ जाङ्पो, भारतमा ब्रहृमपुत्र नदी हुँदै बंगलादेशमा मेघना नदी बनेर बंगालको खाडीमा मिल्दासम्म यसले करिब ३ हजार ३ सय ५० किलोमिटर दुरी पार गर्दछ । त्यसकारण एशियाकै लामा नदीहरू मध्येको एक ब्रहृमपुत्र नदी पनि हो । हिमालय पर्वतभन्दा पनि पुरानो मानिएका यी नदीहरू चिनियाँ सभ्यता, भारतीय सभ्यता, बंगाली सभ्यता र समग्र एशियाली सभ्यताको आस्थासँग जोडिएका छन् ।
चीन, भारत, बंगलादेशको सम्बन्धसूत्रलाई जोड्ने सर्वाधिक रणनीतिक महत्वको ब्रहृमपुत्र वास्तवमा एशियाली सभ्यता र एकताको प्रतीक पनि हो । धार्मिक आस्थाको पुञ्ज पनि हो, ब्रहृमपुत्र । यस्ता तथ्यहरूलाई भुलेर देशीय, अन्तर्देशीय स्वार्थको टकराव, असमानुपातिक वितरण प्रणाली र दोहनले सभ्यतामाथि विवेकशील नीति लिन सकेको छैन । एकातिर प्रकृतिले आफ्नो व्यवस्थापन आफैँ गर्ने, अर्कोतिर मानवीय असावधानी, अहमता, अविश्वासको खाडल, एशियाली सभ्यतामाथि फरक सभ्यताको प्रवेश र अतिक्रमण, मानव सर्वेसर्वा, व्यवस्थापकीय उदासीनता, कूटनीतिक संकीर्णता, स्वार्थपूर्ण सशस्त्र होडबाजी आदिका कारण सभ्यतामाथि मानवीय प्रहार हुन गई अन्ततः सभ्यताको विनाश बढ्दो छ ।
बढ्दो विनास न्यूनीकरणका लागि, जीवन र जगतको संरक्षण, कल्याणका लागि हाम्रा सँधियार तथा छिमेकी राष्ट्रहरूलाई ‘ब्रहृमपुत्र कूटनीति’ आवश्यक पर्न सक्छ, जसले पारस्परिक द्वन्द्व निवारण गरोस् । एशियावासीले नै एशियाली सभ्यताको निर्माण गर्ने हो । यद्धपि, ब्रहृमपुत्र नदीको विषयलाई लिएर भारत र बंगलादेश, चीन र तटीय राष्ट्रहरूबीच अक्सर विवाद छ । तर आशा गरौँ, ब्रहृमपुत्र नदीको उपभोगमाथि चीन पनि अन्तर्राष्ट्रिय सिद्धान्त, नीति, मर्यादा उल्लंघन नगरी तटीय राष्ट्रलाई नकारात्मक असर पुग्ने कार्यमा संवेदनशील हुने नै छ । तटीय राष्ट्रहरूले पनि यथार्थतामाथि टेकेर ब्रहृमपुत्र नदीको स्रोत राष्ट्र चीनसँग ठोस र उपलब्धिमूलक वार्ता, संवाद, सहकार्य गर्दै अगाडि बढ्ने नै छन् ।
मेतोक काउन्टीस्थित ब्रहृमपुत्र नदीको घाँटीमा नदीको पानी उपभोग, भोगचलन सम्बन्धी गतिविधिलाई न्यायोचित, जवाफदेही बनाउन चीन र तटीय राष्ट्रहरू मिलेर अन्तर्राष्ट्रिय कूटनीतिक समाधानको उपाय खोज्ने नै छन् । भारत र बंगलादेशले पनि ब्रहृमपुत्र नदीकै विषयलाई लिएर आआफ्नो हठ् छोडी पारस्परिक शान्तिपूर्ण कूटनीतिक उपायको खोजी गर्ने नै छन् ताकि एशियाली सभ्यताको स्तरमा ह्रास नआओस् । दर्शनतः शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई व्यवहारमा उपयोग गर्दै सम्बद्ध राष्ट्रहरूले मैत्रीपूर्ण ब्रहृमपुत्र कूटनीति अपनाउने नै छन् । यसका लागि नेपाल, भुटानजस्ता सँधियार राष्ट्रहरू पर्यवेक्षकीय खबरदारी गर्न पछि हट्ने छैनन् । (लेखक राजनीतिशास्त्र विषयक नेपाल-चीन राजनीतिक आर्थिक सम्बन्ध शीर्षकमा विद्यावारिधि शोधार्थी हुनुहुन्छ) ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच