कुशवाहको हत्या बिरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरेको घटनाको छानबिनमा दबाब दिन आइतबार (आज) देशभरको सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । कुशवाहाको शुक्रबार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका-३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए । गोली लागि गम्भीर घाइते हुनुभएका कुशवाहको उपचारका क्रममा वीरगन्जस्थित ब्योधा अस्पताल निधन भएको थियो ।

संघले यो घटनाको दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन घटाइएका यो घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन त्रिभुवन विश्वविद्यालयलगायत सम्बन्धित सबै निकायलाई अपिल गर्दछौँ । आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरिका आफ्ना सबै सदस्य सामुदायिक क्याम्पसहरूको पठनपाठन आइतबारका दिन बन्दको आहृवान गर्दछ ।’ संघले सबै सामुदायिक क्याम्पसहरूलाई नियमित पठनपाठन बन्द गरी शोक मनाउन अनुरोध गरेको छ ।

यसैबीच, कुशवाहको गोली हानी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?