एजेन्सी । इन्टर मियामीले अमेरिकी मेजर लिग सकरमा जित निकालेको छ । आइतबार बिहान भएको खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई २-१ ले हरायो । उक्त खेलमा स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेजले खेल्नुभएको थिएन । सुबारुक पार्कमा भएको खेलमा घरेलु टोलीले अग्रता बनाएपछि नौ खेलाडीमा सीमित मियामी पुनरागमन जित निकाल्न सफल भएको हो । मियामीको जितमा जुलियन ग्रेसल र लिओ अफोन्सोले गोल गर्नुभयो ।
जितपछि मियामीले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । टोलीले १९ मध्ये ११ जित निकाल्दै ३८ अंक जोड्यो । एक खेल कम खेलेको रियाल साल्ट लेक ३४ अंकसहित दोस्रो स्थानमा छ । पराजित फिलाडेल्फिया २० अंकसहित १७औँ स्थानमा रहृयो ।
यसअघि खेलको तेस्रो मिनेटमै माइकल उरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा मियामीले पुनरागमन गर्यो । ग्रेसलले ४७औँ मिनेटमा बराबरी गोल गर्नुभयो । ६९औँ मिनेटमा डेविड ओचो र ८४औँ मिनेटमा थोमस एभिलेसले रातो कार्ड पाउँदा मियामी दबाबमा आएको थियो । तर, काउन्टर अट्याकमा अफोन्सोले गोल गर्दै मियामीको जित निश्चित गर्नुभएको हो । हाल मेसी र स्वारेज कोपा अमेरिकाको तयारीमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच