![विश्वभरि विस्थापितको संख्या १२ करोड : संयुक्त राष्ट्रसंघ](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/un.jpg)
कोलम्बो । श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइएमएफका अनुसार यो योजना सन् २०२४ को तेस्रो त्रैमासिकमा सार्वजनिक यात्रु र विशेष प्रयोजनका सवारी साधनको आयातसँगै सोही वर्षको चौथो त्रैमासिकमा सामान ढुवानीका सवारी साधनको आयातबाट सुरु हुनेछ । सन् २०२५ सम्ममा श्रीलङ्काले सबै मोटर वाहनहरूमा आयात प्रतिबन्धहरू पूर्णरुपमा हटाउने आइएमएफले उल्लेख गरेको छ ।
श्रीलङ्काले सन् २०२१ र सन् २०२२ मा कोरोनाभाइरस महामारीको प्रभावका कारण सवारी साधन आयातमा प्रतिबन्ध लगाएको र त्यसपछि देशले सामना गरेको आर्थिक सङ्कटका कारणले उक्त निर्णयलाई जारी राखेको थियो । श्रीलङ्का सरकारले आर्थिक सङ्कटका कारण सन् २०२२ अगस्टमा एक हजार चार सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको तर विभिन्न अवसरहरूमा धेरैजसो वस्तुमाथिको प्रतिबन्ध हटाएको थियो ।
आधिकारिक तथ्याङ्कले सन् २०२२ मा श्रीलङ्काको कूल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखाएको छ । यो सन् २०२१ को तुलनामा ११ दशमलव चार प्रतिशतले घटेको छ । रासस/सिन्ह्वा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच