![बेनी–जोमसोम सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Beni-jomsome-sadak.jpg)
काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ ओटीटीमा सार्वजनिक भएको छ । चलचित्र शनिबारदेखि ओटीटी ‘सिनेमाघर एप’मा सार्वजनिक भएको हो ।
विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापामगर, विभू पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको चलचित्र दीपेन्द्र के. खनालले निर्देशन गर्नुभएको हो । चलचित्रमा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि विशेष भूमिका छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अभिनेता लामिछानेले निर्माण गर्नुका साथै लेख्नुभएको हो । चलचित्र गत दशैँमा सिनेमाघरमा आएको थियो । निर्माण युनिटले अहिले चलचित्रको नयाँ सिक्वेल ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच