काठमाडौं । सुनचाँदी व्यवसायीले काठमाडौंको विशालबजारको ठेगाना दिई गहना व्यवसाय गर्ने एक फर्मले ‘सुनको मूल्य अत्यधिक बढेकाले ज्याला र जर्तीमा भारी छुट’ को आकर्षक विज्ञापन प्रकाशित गरी आमउपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीलाई अन्योलमा पार्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य गरेको भन्दै आपत्ति जनाएका छन् । सुनचाँदी व्यवसायी र हस्तकला व्यवसायीका छाता संगठनहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
राज्यले गहना व्यवसायको सञ्चालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीका प्रतिनिधिमूलक छाता संगठनले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्धतिअनुरूप मुलुकभर व्यवसाय सञ्चालन एवं सोसम्बन्धी विषय व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आफूखुसी ‘धमाका अफरहरू’ दिएर गरिने ‘भ्रमात्मक विज्ञापन’ले राज्य, आमउपभोक्ताका साथै सो क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढबीच विश्वास संकट पैदा गराउने बताइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका अध्यक्षहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मजदुरको पारिश्रमिक, निर्माण क्षति(जर्ती), ज्यालाबारेमा सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्र जारी भएका छन् । साथै नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्रीवितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्तीबापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ । टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तीको व्यवस्था रहेको छ ।
उल्लेखित व्यवस्था मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल सात प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ । हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणालीबाहेकको अनौपचारिकरूपमा भित्रिएको कमसल सुन प्रयोग गर्ने र कालीगढको मनासिव ज्यालामा संकुचन गरी अपारदर्शी र विधिविपरीत नाफा लिने प्रवृत्ति हावी हुनसक्ने भएकाले यस्ता अवाञ्छित क्रियाकलाप रोकी पारदर्शिता एवं स्वस्थ प्रतिस्पर्धा र स्वस्थ व्यवसायको अभिवृद्धिका लागि सम्बन्धित व्यवसायीमा ध्यान देओस् भन्ने हामी चाहन्छौँ । साथै सम्बन्धित व्यवसायीलाई यस्तो विज्ञापन फिर्ता लिन र आगामी दिनमा यस्तो कार्य कसैले पनि नगर्न/नगराउन महासंघ सचेत गराउन चाहन्छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच