उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त, अस्पताल भित्रै आफन्तको धर्ना

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका लागि भर्ना भएका बालकको मृत्यु भएपछि आफन्तले गरेको आन्दोलनका कारण अस्पताल तनावग्रस्त बनेको छ ।

मृतकका आफन्तको धर्ना र प्रदर्शनका कारण अस्पतालको सेवा पनि ठप्प भएको छ। विहीवार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी १० बर्षीय आक्रोश नेपालीको प्रतिष्ठानमा मृत्यु भएको थियो ।

नेपालीको मृत्यु एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण भएको भन्दै पीडितका आफन्तहरु दोषीलाई कारवाहीसँगै क्षतीपूर्तीको माग गर्दै आन्दोलित भएका छन् ।

सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले प्रतिष्ठानको काउन्टरमा धर्नामा बसेका छन् ।

प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका विरामीहरु समस्यामा परेका छन् ।

बालकको मृत्युको विषयमा छानविन समिति बनाउनेसँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहेपनि पीडित पक्षको माग अनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको पीडित पक्षले जानकारी दिएको छ ।

क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका नेपालीको एमआरआई गर्ने क्रममा बिरामीलाई ह्वील चिअरमा राखेर अक्सिजन सिलिण्डरसँगै लैजादा ढोकाबाटै एमआरआई मेसिनको चुम्वकले तान्दा सिलिण्डरले चोट लाग्दा बिरामीको मृत्यु भएको थियो ।

मृतकका परिवारलाई क्षेतीपूर्तीसँगै दोषीलाई कारवाहीको माग राख्दै मृतकका आफन्तद्वारा घोराही–लमही सडकखण्डअन्तर्गत बबई नदी पुल नजिकै सडक समेत अवरुद्ध गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?