काठमाडौं । आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले अहिले अन्तिम खेल खेल्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालले बंगलादेश विरूद्द उत्कृष्ट बलिङ गरिरहेकाे छ ।
साेम्पाल कामीले पहिलाे बलमा नै विकेट लिएका थिए । भने अहिले सम्म साेम्पालले र राेहित पाेडेलले समान २/२ विकेट लिएका छन् । भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका छन् ।
ताजा अवस्थामा बंगलादेशले १३ ओभरको खेल सकिँदा ६९ रन बनाउँना ६ विकेट गुमाइसकेको छ ।
विश्वकपको सुपर ८ बाट बाहिरिएको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ ।नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हारेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण रद्द भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपर ८ को दौडबाट बाहिरिएको थियो ।
नेपालको टिममा दक्षिण अफ्रिकाविरुद्धको खेलमा रहेका करण केसीलाई सन्दीप जोराले प्रतिस्थापन गरेका छन् । आज सन्दीप जोराले विश्वकपमा पहिलो खेल खेल्दैछन् ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो। यो खेलको चर्चा सामाजिक सञ्जालमा आजसम्म उस्तै छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच