महिन्द्राको ‘एसपीप्लस’ ट्र्याक्टर

Read Time = 1 min

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफइएस) ले नयाँ ‘एसपीप्लस’ ट्र्याक्टर शृंखला नेपाली बजारमा ल्याएको छ । नयाँ ट्र्याक्टर महिन्द्राको उन्नत इएलएस इन्जिन र रिभर्स पिटिओसहितको डुअल क्लच, उच्च लिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकजस्ता उत्पादकत्व वृद्धि गर्ने विशेषता रहेको कम्पनीले जनाएकोे छ ।

नयाँ महिन्द्रा एसपीप्लस ट्र्याक्टरको जेठ ७, ८ र ९ गते क्रमशः बिर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको र छिट्टै नयाँ एसपीप्लस सिरिजको ट्र्याक्टर यसै हप्ता वीरगञ्ज, चितवन र नेपालगञ्जमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

सो अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नयाँ ट्र्याक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा फरक पार्ने दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?