जरिबुटे सहकारी संस्थामा १ करोड ७१ लाख रुपैयाँ अडिटमा नमिलेपछि आशंका

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 3 mins

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ रविमा अवस्थित जरिबुटे सहकारी संस्थामा अडिटमा रकममा नमिलेपछि हंगामा मच्चिएको छ ।

सहकारीमा १ करोड ७१ लाख रुपैयाँ भन्दा वढि रकम नमिलेपछि खैलाबैला मच्चिएको हो ।

सहकारी संस्थाका पूर्व ब्यवस्थापक दिलेन्द्र खनाल र लेखापाल राम कुमार राई रहँदाको समय गत आ.व.०७९/८० को रकम नमिलेपछि रकम हिनामिना भएको आशंका गरिएको छ ।

अहिले उनीहरु माथि रकम हिनामिना गरेको आरोप लागेपछि दुवै जनाले सहकारी बाट राजीनामा दिएका छन् ।

वचतकर्ताको रकम उठाउने तर बेंकमा लगेर रकम जम्मा नगर्ने, ब्यवस्थापक र लेखापाल मिलेर रकम खाने गरेको पाइएको छ ।

अहिले सम्म गत आ.व.०७९/८० को अडिट रिपोर्टसमेत सहकारीले सार्वजनिक गर्न सकेको छैन् । हिसाव किताब नै मिल्न नसकेपछि लेखा परिक्षकलेसमेत अडिट रिपोर्ट तयार पार्न सकेका छैनन् । एक जना बचतकर्ताको १० हजार देखि २० लाख रुपैया सम्म रकम हिनामिना भएको एक वचतकर्ताले बताए ।

सहकारी संस्थामा नयाँ ब्यवस्थापक संजीव राई र लेखापाल जीवन ढकाललाई नियुक्त गरिएको छ ।

अहिले सहकारी संस्थाले ३ पटक सम्म आरोपित खनाल र राईलाई हिसाब किताब मिलाउन पत्राचार गरिसकेको छ, तर विभिन्न बहाना र आलटाल गर्दे पूर्व ब्यवस्थापक खनाल र लेखापाल राई भने पन्छिने गरेका छन् । सहकारी संस्थाका अध्यक्ष प्रकाश राईको भने मृत्यु भइसकेको छ, यस्तै उपाध्यक्ष खड्ग प्रसाद राईले राजिनामा दिइसक्नुभएको छ ।

अहिलेको नयाँ कर्मचारी ब्यवस्थापक संजिव राई र लेखापाल जीवन ढकाल पनि यस विषयमा खासै खुलेर बोल्न चाहाँदैनन् ।

यो सहकारीको हिसाव मिलाउन अहिले अडिटरसमेत फेरिसकेका छन् । पहिले अडिटर नरेन्द्र कुमार केरुङले सहकारीको अडिट गर्ने जिम्मा लिएपनि नसकेपछि अडिटर रेनु ओझालाई अडिटकाे जिम्मा दिइएको छ, तर दाहालले पनि अडिट रिपोर्ट तयार गर्न सकेका छैनन् ।

यता तत्कालिन ब्यवस्थापक दिलेन्द्र खनालले भने सहायक खाता र मूल खाता भिडाएर अडिट नगर्दा यो समस्या आएको बताउनुभयो । ज जसको नाम मुछिएको छ उनीहरु एकै साथ भेला भएर हिसाम मिलान गर्न सक्दा समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?