बाँके । पछिल्लो समयमा बाँके , बर्दिया लगायतका जिल्लामा तातो हावा र अत्याधिक गर्मीका कारण लु चलेर जनजीवन प्रभावित हुँदा २ जनाको मृत्यु भएको छ ।
अत्याधिक गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनार र नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्याधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ ।
खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए ।
उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो।
नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेका छन् ।
केही दिनयता बाँके, बर्दिया, लगायतका आसपासका जिल्लामा अत्याधिक गर्मी बढेको छ। बाँकेको तापमान ४७ पुग्दा बर्दियामा पनि यस्तै अवस्था रहेको छ ।
अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको छ ।
लामो समय देखि पानि नपरेका कारण बढदौ गर्मीले मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन्।अहिले अस्पतालहरुमा विरामीको पनि चाप बढदै गएको छ । चिकित्सका अनुसार यस्तो मौसममा प्रसस्त पानि पिउने , दिउसो घर बाहिर नहिडने हिडनै परे छाताको प्रयोग गर्न आग्रह गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच