नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले अहिलेसम्मकै सबैभन्दा बढी राजश्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा राजश्व सङ्कलनसहित मुद्दा फर्छोटसमेत अहिलेसम्मकै सबैभन्दा बढी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सरुवा भएर जान लागेका प्रहरी उपरीक्षक काजीकुमार आचार्यको एक वर्षे कार्य अवधिमा भएका कामको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनु भयो । २०८० जेठ २४ गते नवलपरासी आएका आचार्यको काठमाडौँ अपराध महाशाखामा सरुवा भएको छ । सरुवा भएर आएको एक वर्षे अवधिमा कुल ११ करोड ५४ लाख ९५ हजार राजश्व सङ्कलन भएको प्रहरी निरीक्षक पन्थीले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयले एक वर्षको अवधिमा सङ्कलन गरेको राजश्व अहिलेसम्मकै बढी भएको प्रहरी निरीक्षक पन्थीले उल्लेख गर्नु भयो । सङ्कलन भएको राजश्वमा सबैभन्दा बढी भन्सार छली ल्याइएका अवैध सामान बरामदबाट ९ करोड ७० लाख ५८ हजार र नदीजन्य पदार्थको अवैध उत्खननबाट ५८ लाख ७१ हजार रहेको छ ।
त्यसैगरी वन पैदावारको अवैध ओसार पसार, सुन चाँदी बरामदलगायतबाट उक्त राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । एक वर्षको अवधिमा अदालतबाट फैसला भई फरार रहेका ४९४ जना पक्राउ परेको, लागूऔषध सम्बन्धीका २५ कसुरमध्ये २४ वटा मुद्दा फर्छ्यौट भएको, करणी सम्बन्धीका १६ कसुरमध्ये १३ फर्छ्यौट सवारी जयन सम्बन्धी कसुर २४ मध्ये २३ वटा फर्छ्यौट भएको, कर्तव्य ज्यानसम्बन्धी ८ कसुरमध्ये ६ फर्छ्यौट भएको प्रहरीले जानकारी दिएको छ ।
लागु औषध २४ वटा मुद्दा दर्ता गरी ४१ जनालाई दर्ता गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच सय ९३ निवेदन र जिल्ला प्रशासन कार्यालयमा पाँच सय ८४ निवेदन उजुरी परेकोमध्ये एक हजार ४४ वटा फर्छ्यौट भएको प्रहरीले जानकारी दिएको छ । यसैबीच सरुवा भएर जान लाग्नु भएका आचार्यको नवलपरासीको कार्यकाल उत्कृष्ट रहेको भन्दै विभिन्न सामाजिक संस्था र स्थानीयहरूले सम्मान गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच