पहिलो पटक आर्मीले उचाल्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेर इतिहास रचेको छ ।

पोखरा रंगशालामा प्रतियोगिताको २३औँ संस्करणको आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक(एक गोल गरे ।

त्रिभुवन आर्मी क्लबले यसअघि चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि जित्न सकेको थिए । आर्मी क्लबले आज च्याम्पियन बनेर इतिहास रचेको छ ।

आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेको थिएन । आर्मी र थ्रिस्टार विसं २०७५ मा पनि फाइनलमा भिडेका थिए । तत्कालीन समयमा टाइब्रेकरमा थ्रिस्टार च्याम्पियन बनेको थियो ।

यस प्रतियोगिताको च्याम्पियनले १२ लाख एक हजारसहित ट्रफी हार पारेको छ भने फाइनलमा पराजित टिमले ६ लाख एक हजार पाएकाे छ ।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाए । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?