काठमाडौं । ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आगामी नोभेम्बर १६ अर्थात् मंसिर १ गते अमेरिकास्थित सन फ्रान्सिस्कोमा आयोजना हुने भएको छ । ‘सतीदेवी’ निर्माण कम्पनी गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र हिमालयन फाउण्डेशन कर्पले संयुक्तरूपमा आयोजना गर्न लागेको अवार्डको बारेमा काठमाडौंमा एक कार्यक्रमबीच जानकारी गराइएको थियो ।
२०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रले अवार्डमा आवेदन दिन पाउने जनाइएको छ । अवार्ड आयोजक टिममा अभिनेताद्वय शिव श्रेष्ठ, सुनिल थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार सुनील कटुवाल र रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी रहनुभएको छ । अवार्डमा सहभागी हुन नेपालबाट करिब दुई दर्जन कलाकार अमेरिका जाने जनाइएको छ ।
पपुलर अवार्डका रूपमा आयोजना हुन लागेको यो कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने बताइएको छ । साथमा केही कलाकारलाई विशेष योगदान सम्मानसमेत प्रदान गर्ने आयोजकको तयारी छ ।
आयोजक संस्था गोल्डेन स्टेट मुभीका प्रमुख यज्ञलाल श्रेष्ठले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार एवं समृद्धिका लागि अमेरिकामा अवार्ड आयोजना गर्न लागिएको जनाउनुभयो । म्याराथुन धावकका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर मेडलसमेत जित्नुभएका उहाँ लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएको छ । खेलाडी, सफल व्यवसायी हुँदै उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच