गुल्मी । गुल्मीमा प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिका वडा नम्बर– १० सिमिचौरमा सार्वजनिक सुनुवाई गरिएको प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिनुभयो ।
कार्यालयबाट आम जनसमुदायमा गत वर्ष र चालु आर्थिक वर्षमा जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रण, विपद उद्धार तथा व्यवस्थापन, हराएका तथा वेवारिसे महिला, वृद्ध तथा बालबालिका खोजतलास तथा सम्बन्धित स्थानमा उद्धारलगायत आमनागरिकहरुमा पु¥याएको विभिन्न सेवाको बारेमा उहाँले जानकारी गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले शान्ति सुरक्षामा सबैभन्दा बढि भूमिका प्रहरी प्रशासनको भएको बताउनुभयो । नागरिकका समस्या खोजेर सुधार्ने दायित्व प्रहरी प्रशासनको भएको भन्दै त्यसैले प्रहरीलाई साथी र संरक्षक बुझेर सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले दिनरात प्रहरी फिल्डमा खटिने गरेकाले यस जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, अपराधीलाई कानुनी दायरामा ल्याउन सफल भएको बताउनुभयो । सहभागीले राखेका प्रश्न र जिज्ञासाहरुको जवाफ दिनुहुँदै उहाँले आफूहरु नागरिकको सुरक्षामा प्रतिबद्ध रहेको र अपराध न्यूनिकरणमा १० बुँदे कार्ययोजना बनाएर प्रहरी अगाडी बढेको बताउनुभयो ।
त्यसअवसरमा जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, समाजसेवी, कर्मचारी लगायतका बौद्धिक व्यक्ति सहभागी थिए । उनीहरुले पछिल्लो समय समाजमा बढ्दो मादक पदार्थ तथा लागुऔषध सेवनले घटना निम्त्याएको र यसको न्यूनीकरण गर्नुपर्ने माग राखेका छन् । बढ्दो मादक पर्दाथ तथा लागुऔषध सेवन, चाडपर्वको अवसरमा हुने जुवातास, रेसुगां विमानस्थलमा सुरक्षा, थप सचेतनामूलक कार्यक्रम सहित समाजमा शान्ति सुरक्षाको माग राखेका थिए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर– १० का वडाध्यक्ष राम बहादुर बस्नेतले गाउँसमाजमा भौतिक विकास भई सुरक्षा खुकुलो भएमा यसको कुनै अर्थ नरेहेको बताउनुभयो । उहाँले सदरमुकामकै काखमा अवस्थित वडा र रेसुङ्गा विमानस्थलको सुरक्षार्थ अस्थायी प्रहरी चौकीको माग समेत गर्नुभयो ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सार्वजानिक सुनुवाई सुशासनको मरुदण्ड भएको भन्दै प्रहरीले गरेका सेवा प्रवाह जान्न पाउनु सबैको दायित्व रहेको बताउनुभयो । उहाँले अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गाउँतहका नागरिकसम्म पु¥याउन जरुरी रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच