![विकट गाउँमा नियमित यातायात संचालन गर्न मोटरेवल पुल निर्माण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/pul-baglung.jpg)
काठमाडौं । गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को १०औँ संस्करणका लागि आवेदन खुलेको छ । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोरकिशोरीमा रहेको प्रेरणा र उत्साह उजागर गर्दै उनीहरूले समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभा पहिचान गराउन मञ्च प्रदान गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरोरूपमा मान्यता दिँदै उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ । उक्त उपाधिका माध्यमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातका लागि थप ऊर्जा प्रदान गर्ने बताइएको छ । नेपालमा सन् २०१५ देखि सुरु भई काठमाडौंका किशोरकिशोरीमात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा कार्यक्रमले देशभरिका सबै किशोरकिशोरीका लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापीरूपमा कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका नौजना किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ । दक्षिण एसियाका अन्य देशमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणसाथ ग्लोकल टिन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो । यस वर्ष पूर्वदेखि पश्चिमसम्म ५० भन्दा बढी शहर र हजार विद्यालय÷कलेजका एक लाखभन्दा बढी किशोरकिशोरीसम्म पुग्ने आयोजकको लक्ष्य रहेको छ ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रूपान्तरण कार्यलगायत विभिन्न क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोरकिशोरीले निःशुल्क अनलाइन आवेदन भर्न सक्ने आयोजकले जनाएको छ ।
पहिलो चरणमा आवेदनको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल अण्डर २० को छनोट गरिने र त्यसपछि उनीहरूको दृष्टिकोण, कामको सुरुवात र प्रभावका आधारमा उत्कृष्ट छजना छनोट हुने बताइएको छ । अन्तिम चरणमा छजनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दूरदर्शन मापनका लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टिन हिरो नेपाल २०२४ को विजेता घोषणा गरिनेछ ।
हरेक वर्षझैँ यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत् घोषणा गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच